दुहबी / सुनसरीको दुहबीमा एसईई परिक्षा अमर्यादित गतिविधी भएको घटना विभिन्न संचार माध्यम बाट बाहिरीए संगै आज देखि स्थानीय सरकार अनुगमनमा सक्रियता देखाएका छन ।
सोही घटना बाहिरीए संगै दुहबी नगरपालीका अन्तर्गत एस ईई का ३ वटा परिक्षाकेन्द्रमा आज दुहबी नगर उप प्रमुख मेनुका पोख्रेल खतीवडाको नेतुत्वमा , शिक्षा शाखा तथा न्यायीक समिति शाखाका कर्मचारी पत्रकार लगायतले अनुगमन गरेका हुन। अनुगमनका क्रममा गोपाल मा बि तनमुना, सरस्वती मा बि दुहबी , र महेन्द्र मेमोरियल बोर्डिङ परिक्षा केन्द्र अध्यक्षहरु संग परिक्षा बारे जानकारी लिएको थियो । परिक्षा मर्यादीत र सौहार्दपुर्ण बातावरणमा सन्चालन गर्न निर्देशन समेत दिएका थिए ।
बिहिवार देखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइई मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सुनसरीको दुहबी ५ स्थित रहेजो सरस्वती माबी परीक्षा केन्द्रका २ जना गार्ड शिक्षकलाई निष्कासन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै श्री सरस्वती मावी परिक्षा केन्द्रबाट २ जना शिक्षक लाई निस्कासन गरेका थिए ।
परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गर्ने भन्दै १० हजारको दरले पैसा लिएको स्वयं गार्ड शिक्षकले प्रजिअ अगाडि कवुल गरेको परिक्षा केन्द्र अध्यक्ष तेज प्रसाद तिमिल्सिनाले बताएका थिए ।
निजि बिधालयबाट १० हजार दरले बिधार्थिहरु लाई पास गराउने सर्तमा पैसा लिएको स्वयं गार्ड शिक्षकले अनुगमनमा खटेका प्रजिअ तथा सुनसरी प्रहरी प्रमुख अगाडि कवुल गरे पछि सरस्वती केन्द्रमा खटिएको २ जना परीक्षा केन्द्रका शिक्षक गार्ड लाई निष्कासन गरिएको स्रोतको दाबी रहेको थियो ।
सरस्वती मावीदुहबीका केन्द्राध्यक्ष तेज प्रसाद तिमिल्सिना र कर्मचारी संजिप गुप्तालाई एकपटकको लागि सचेत समेत गराएको थियो । सुनसरीको परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सचेत गराइएको र अन्य परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा आजको परीक्षा सम्पन्न भएको सुनसरी प्रजिअले जनाएका थिए ।
सुनसरी बाट मात्रै १३ हजार ६ सय ६३ बिधार्थि परिक्षा दिदै छन । त्यसै गरि सुनसरीको दुहबीका ३ परिक्षा केन्द्र बाट ५९५ जना बिधार्थिहरु सहभागी भई परीक्षा दिदैछ ।सरस्वती मा बी परिक्षा केन्द्र दुहबीमा ७ वटा निजि र १ वटा सरकारी गरी ८ वटा बिद्यालयका २५८ जना बिद्यार्थी परिक्षामा सामेल भएका छन ।भने महेन्द्र मेमोरियल को परिक्षा केन्द्रमा सरस्वती मा बी र थर्ड आइ स्कुलका जम्म १६८ जना परिक्षार्थी रहेका छन । अनुगमन टोलिमा जिल्ला प्रहरी कार्यालय प्रमुख सुमन तिमिल्सिना ,शस्त्र प्रहरी प्रमुख ,नेपाली सेना प्रमुख ,ईप्रका दुहबी प्रमुख र स्थानीय संचारकर्मीहरुसमेत रहेको थियोे |




