देशमा कोरोनाको महामारि चलिरहेको बेला लकडाउन चार महिना पुग्न लाग्दा पहिलो पटक प्रतक्ष आम जन्ता सम्क्ष सत्य तथ्य सूचना प्रर्वाह गर्ने मिडियाको अवस्था बुझ्न् दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार विहिबार दुहबी बाट प्रकाशित हुदै आएको कोचिला खबर दैनिक पत्रिकाको प्रधान कार्यलयमा पुग्नु भएको थियो ।
कोचिला खबर मिडियाका अध्यक्ष सन्तोष कुमार सिंह कार्यकारि प्रमुख सम्पादक प्रेम प्रसाद गिरि प्रबन्धक तथा सहसम्पादक अकबर अलि सङ्ग मिडियाको अवस्थाको बारेमा जानकारि लिनु भएको थियो । मिडियाको अवस्थाबारे जानकारी गराउनु हुदै कोचिला खबरका अध्यक्ष सन्तोष सिंहले मिडयाको अवस्था निकै दयनिय भएको र लामो समय सम्म्को लकडाउनको कारण मिडियाको ठुलो आर्थिक क्षती भएको स्थानीय पत्रकार हरुको रोजगारी गुम्ने सम्भावना भएको र दैनिक पत्रिका चलाउन कठिनाई भईरहेको हुँदा मिडिया बन्द हुने अवस्थामा पुगेको हुनाले स्थानीय सन्चार माध्यमलाई पहिलो प्राथमिकता दिन मेयर गच्छदार सङ्ग आग्रह गरेका थिए ।
मिडियाको अवस्था दयनिय भएको आफु लाई राम्ररि थाहा भईसकेको कारण आम जन्ता समक्ष सहि र सत्य तथ्य सूचना पुर्याउने मिडिया बन्द नहोस् भनि आफु सक्दो सहयोग गर्ने मेयर गच्छदारले आस्वासन दिनु भएको थियो ।