कोचिला खबर संवाददाता/
ईटहरी– टेंग्रा खोला सेरे बाँध–पैनी भनिरहँदा इटहरी वार्ड नं. १०, ११, १२ खनारको वाँध पैनीको अवस्थालाई उजागर गर्न खोजिएको छ । कालान्तर देखि टेंग्रा खोला र सेरेबाँधको पैनी यस भेगका किसानहरुले सजिल्यै उपभोग गर्दै आएका थिए । पानीको स्रोत पहाडीमूल भएकै कारण लगभग बारै महिना आफूलाई चहिएको वेला आवश्यक्ता अनुसार जल उपभोग र सिंचाई गरिँदै आएको किसानहरुको अनुभव छ ।
हाल केहि वर्ष यता टेंग्रा खोला सेरे बाँध जल उपभोक्ता समिति गठन भएको छ ।
समितिको नाममा प्रकृतिक श्रोत सम्पदा र जललाई नियन्त्रणमा लिई पानी पोत लगाईएको छ । मेहेनती किसानहरुले आफनो धान बाली र कृषि उपजका लागि सहजै पानी प्रयोग गर्नबाट बञ्चित गराइएको अवस्था छ । खोला र नालाको किनारै किनार खोलाको जमिन अधिक्रमण गरिएका छन्, बाटो खनिएका छन्, प्लटिङ गरिएका छन् । खोला र नालाको आकार र प्रकृति बदिलिएर साँघुरो बनाइएको छ ।
मृत पैनीको नाममा कतिपय स्थानमा पैनीलाई गायव गरि प्लटिङ बाटो खनिएका छ । बाटो र प्लटिङ जोगाउन पानीको उच्चतम् बहावलाई जथाभावी होम पाइप जडान र कलभर्ट निर्माण गरि सिंचाइको नाममा किसानको खेतबारीमा पानी डइभर्ट गरिएको छ । वर्षा याममा डुब्न र कटानको क्षति किसानहरुले भोगिरहेको स्वयम् जल उपभोक्त नै बताउँछन ।
विगत तीन वर्ष यता सुनसरी–मोरङ सिचाई नहरको डिल यिनै गतिविधिको कारण फुट्न गएको प्रत्यक्षदर्शी बताउँछन ।
प्लाटिङ र बाटो जोगाउन सेरे पैनीको अधिकतम् पानी सिंचाइको नाम र ब्यानरमा वार्ड नं. ११ क्षेत्रमा डइभर्ट गरिएको छ । वर्षा याममा सो क्षेत्रले डुब्न र कटानको ठूलो समस्या भोग्नु परेको सम्बन्धी क्षेत्रका किसानहरु बताउँछन । बस्ताविक यर्थातता यही नै रहेको वडा अध्यक्ष रुपेश चौधरीको समेत ठम्माई छ ।
पानी बाढी डाइभर्ट भएकै कारण विगत केहि वर्ष देखि मेरो खेत डुवान हुने गरेको, सिजनमा धान रोप्न नपाइएको स्थानिय दुर्गे चौधरीको भनाई छ । खेती कटान र बस्ती डुबान हुनबाट जोगाउन उपमहानगरपालिकामा बीच सडकमा होम पाइप नराखि दिन सम्बन्धीत क्षेत्रका किसानहरुको उजुरी परेको, स्थलगत अध्ययन र अनुमान गरी उचित समाधान खोजिने नगर प्रमूख द्धारिकलाल चौधरीको आश्वसन रहेको श्रोत बताउछ ।
के संस्थाका सचिव ओभररसियर छेदी चौधरी र अध्यक्ष टिकाप्रसाद दाहालको मिलोमतो डिजाइन वा अज्ञानताका कारण सेरे पैनी र टेंग्रा खोलाले सिचाईको नामको अडेसोमा खेती कटान, बाली नाली र बस्तु डुब्न, नहरको क्षति भोग्नु परेको हो ? प्रश्न अनुत्तरित छ । स्थानीय निकाय सरोकारवाला र सम्बन्धीत क्षेत्रले सुक्ष्म अध्ययन र अनुगमन गरि निकास खोलिनु पर्ने स्थानीयहरुको भनाई छ ।





