दुहबी / सुनसरीको दुहबी वडा नम्बर ५ का जेस्ठ नागरिक तथा अपाङ्ग र एकल महिलालाइ जाडोको न्यानो कपडा बितरण गरिएको छ।
सो न्यानो कपडा वितरण कार्यक्रम्मा सोही वडाका वडा अध्यक्ष रमेश रौनियार वडा सदस्य प्रभाकर पौडेल , शम्भु बिश्वास वडा सचिव , उशा कुमारी चौधरी कर्मचारी रवि रौनियार कार्यपालिका सदस्य, स्थानिय समाजसेवी लगायतले २०० थान कम्बल बितरण गरेका छन् । दुहबी नगरपालिकाले जाडो याममा जेस्ठ नागरिक हरुलाइ हरेक साल सम्मान स्वरुप न्यानो कपडा बितरण गर्दै आएको छ। न्यानो कपडा पाएपछि जेस्ठ नागरिकहरु खुसीले गदगद हुदै जनप्रति हरुलाइ आशीर्वाद दिदै घर फर्केका थिए।





