• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

काठमाडौं आउजाउ गर्दा कोशीका मुख्यमन्त्रीको हवाई टिकटमा झण्डै ३५ लाख खर्च ।

हवाई टिकटमा धेरै खर्च गर्नेमा हिक्मतकुमार कार्की अगाडि छन् । त्यसपछि पछि धेरै खर्च गर्नेमा केदार कार्की छन् ।

काेचिला खबर by काेचिला खबर
12/29/2024
in FEATURE, मुख्य
59
SHARES
266
VIEWS
Share on FacebookShare on Twitter

 

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीले काठमाडौँ आउजाउ गर्दा प्रदेशको ढुकुटीबाट करिब ३५ लाख रुपैयाँ हवाई भाडामै खर्च गरेका छन् ।

नियमितजसो काठमाडौं आउजाउ गर्दा मुख्यमन्त्रीहरूले ३४ लाख ९० हजार ९११ रुपैयाँको टिकट काटेका हुन् । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो खर्च आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्मको हो ।

हवाई टिकटमा धेरै खर्च गर्नेमा हिक्मतकुमार कार्की अगाडि छन् । पछिल्लो दुई वर्षमा तेस्रोपटक मुख्यमन्त्री बनेका कार्की र उनको सचिवालयका लागि प्लेन टिकटमा मात्रै १० लाख ९३ हजार ३३५ रुपैयाँ राज्यकोषबाट खर्च गरेको देखिन्छ ।

कार्की दोस्रो प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि २०७९ पुस २५ गते नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यसपछि २०८० भदौ २२ गतेदेखि असोज २७ गतेसम्म संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रुपमा मुख्यमन्त्री बनेका थिए ।

२०८१ वैशाख २७ गते मुख्यमन्त्री केदार कार्की पदमुक्त भएपछि माओवादी केन्द्रको समर्थनमा हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए । केन्द्रमा नयाँ समीकरण बनेपछि उनी अहिले नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री छन् ।

हिक्मतपछि धेरै खर्च गर्नेमा केदार कार्की छन् । ६ महिना प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले मात्रै १० लाख ४८ हजार २६० रुपैयाँ हवाई टिकटमा खर्च गरेका छन् । केदार कार्की २०८० असोज २८ गतेदेखि २०८१ वैशाख २७ गतेसम्म कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए ।

केदार कार्की र हिक्मतकुमार कार्की आफ्नो कार्यकालमा मुद्दा मामिलाका लागि धेरै समय काठमाडौं आउजाउ गरे । नियमित आउजाउ गर्दाको प्लेन टिकट प्रदेश सरकारकै कोषबाट खर्च भएको मुख्यमन्त्री कार्यालय स्रोत बताउँछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार केदार कार्की र हिक्मतकुमार कार्कीले मात्रै गत असारसम्म प्लेन टिकटका लागि २१ लाख ४१ हजार रुपैयाँ खर्च गरेका छन् ।

आर्थिक वर्ष २०७८/७९ देखि २०८०/०८१ मा प्रदेशमा शेरधन राई, भीम आचार्य, राजेन्द्र राई, हिक्मतकुमार कार्की, उद्धव थापा र केदार कार्की मुख्यमन्त्री थिए । २०८० साउन १७ गतेदेखि एक महिना मुख्यमन्त्री बनेका उद्धव थापाले पनि प्लेन टिकटमा ८८ हजार ३० रुपैयाँ खर्च गरेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले प्लेन टिकटमा मात्रै १ लाख ९५ हजार रुपैयाँ खर्च गरेका थिए । २०७४ फागुन २ गते मुख्यमन्त्री नियुक्त भएका राई २०७८ भदौ १० गतेसम्म मात्रै मुख्यमन्त्री भए । आर्थिक वर्ष ०७८/७९ को दुई महिनामा मात्रै उनी र उनको सचिवालयले प्लेन टिकटका लागि राज्यकोषको १ लाख ९५ हजार रुपैयाँ खर्च गरेको थियो ।

उनीपछि मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले १ लाख ४५ हजार प्लेन टिकटका लागि मात्रै खर्च गरे । भीम आचार्य २०७८ भदौ १० गतेदेखि २०७८ कै कात्तिक १६ गतेसम्म मुख्यमन्त्री बनेका थिए ।

भीम आचार्यपछि मुख्यमन्त्री बनेका राजेन्द्र राई र उनको सचिवालयले प्लेन टिकटका लागि मात्रै राज्यकोषबाट ९ लाख १९ हजार ७५६ रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ । राई २०७८ कात्तिक १६ गतेदेखि २०७९ पुस २५ गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारीमा थिए । आर्थिक वर्ष २०७८/०७९ मा उनले प्लेन टिकटका लागि ३ लाख ४३ हजार ३७६ रुपैयाँ खर्च गरेका थिए । आर्थिक वर्ष २०७९/८० मा ५ लाख ७६ हजार ३८० रुपैयाँ खर्च गरेका थिए ।

पछिल्लो तीन वर्षको अवधिमा मुख्यमन्त्रीसहित मुख्यमन्त्रीको सचिवालयले भत्ता र प्लेन टिकटका लागि मात्रै जम्मा ५५ लाख ७९ हजार ५७५ रुपैयाँ खर्च गरेको मुख्यमन्त्री कार्यालयको खर्च विवरणमा उल्लेख छ ।

कार्यालयका अनुसार मुख्यमन्त्री र उनको सचिवालयको भत्तामा मात्रै २० लाख ८८ हजार ६६४ रुपैयाँ खर्च भएको छ ।

 

 

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist