हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावको कारण मङ्गलवार दिउँसोदेखि देशभर आंशिकदेखि साधरणतया बदली रहने मौसम पुर्व अनुमान महाशाखाले जनाएको छ ।
जसले गर्दा लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा तथा केही स्थानहरूमा मध्यम वर्षा र एक–दुई स्थानमा अति वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा मधेस प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
बुधवारदेखि देशभर आंशिक देखि साधरणतया बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन– चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशका एक (दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।