१११औँ बि पी जयन्तीका अवसरमा दुहबी नगर प्रमुख गच्छ्दार द्वारा बिरामीहरु लाई फलफुल बितर
दुहबी / १११ औँ बि पी जयन्तीका अवसरमा नेपाली काँग्रेस दुहबी नगरसमितिले आयोजना गरेको फलफुल बितरण कार्यक्रम आज सम्पन्न भएको छ्। दुहबी नगर सभापति एबम नगरप्रमुख वेदनारायण गच्छादारको सभापतित्वमा आयोजित कार्यक्रममा नगरभित्रका पार्टी पदाधिकारी, नेता कार्यकर्ता, भातृ तथा सुभेक्षुक संघ, लगायतको उपस्थिति रहेको थ्यो।
दुहबी नगर आधारभुत अस्पतालका एमेर्जेन्सि वार्ड र मेडिकल वार्डमा भर्ना भै उपचाररत बिरामी र नया भर्ना ५० जना बिरामी हरुलाइ स्याउ, केरा, जुस, बिस्कुट लगायत ५० प्याकेट फलफुल बितरण गरिएको छ।
नगर सभापति वेद नारायण गच्छादार, क्षेत्रीय सभापति मेहेदि हुसैन, क्षेत्रीय कोषाध्यक्ष मुस्तकिम मिया, सचिव रमेश रौनियार, कोषाध्यक्ष चन्दनमन्डल , लगायतले बिरामिहरु लाइ फलफुल बितरण गरेका हुन । बि सं १९७१ भदौ २४ गते जन्मिएका बि पी प्रजातान्त्रिक समाजबादका प्रवर्तक र साहित्यकार समेत हुन ।
नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपाली क्रान्तिका नायक कोइराला को २०३९ साउन ६ गते निधन भएको थियो। नेपाली काँग्रेस केन्द्रीय समितिले बि पी को सम्झनामा साउन ६देखि भदौ २४ सम्म बिभिन्न कार्यक्रम गरि पार्टी लाइ शसक्त बनाउन सबैतहमा परिपत्र गरेको थियो। सोहि अनुसार आज नेपाली काँग्रेस दुहबीले नगर अस्पताल पुगेर बिरामिहरुलाइ फलफुल बितरण गर्दै मानव हित र सेवामा सदैव समर्पीत कार्यमा सहभागि जनाएको छ। जनताको सुख दुखमा, हित उन्नति र समृद्दीमा , बिकाश र स्वतन्त्रताको पक्षमा नेपाली काँग्रेस इतिहास देखि नै सतिसाल झै अलट उभिएको छ र निरन्तर अबिचलित सामाजिक कार्यमा लागि रहने सभापति बेद गगच्छादारले जनाए ।