चौतर्फि आलोचना र बिरोध पछि दुहबीको मोहर्रम मेला स्थगीत भय
दुहबी / चौतर्फि आलोचना र बिरोध पछि दुहबीको मोहर्रम मेला स्थगीत भएको छ ।
सुनसरीको दुहबी नगर भित्र दिनदहाडै चोरीको घटना बढदा स्थानीय त्रशीत हुदै गएको र रातको समयमा मोहर्म पर्वको नाममा मेला आयोजना गरी व्यापार गर्दै गरेको बीसय लाई लिएर चौतर्फि आलोचना र बिरोध भए पछि दुहबीको जनप्रतिनिधिको अगुवाई तथा प्रशासनको समन्यमा आईतबार बाट सो मेला बन्द तथा स्थगीत भएको छ ।
एकातिर अपराधिक घटना बढदै जानू अर्को तिर रातको समयमा हजारौको संख्यामा मान्छे भेला पारी मेला आयोजना गर्नु भनेको भिडभाड क्षेत्रमा अपराधी क्रियाकलाप गर्नेहरु सजिलै संग योजना बनाउन सक्ने स्थानीयहरुले आंशका ब्यक्त गरेका थिए ।
यता मुस्लिम धर्मलम्बिहरुको मोहर्म पर्व अथवा पैंगमबर ( सहिद ) हजरत यिमाम हुसेन मृत्यु भएको दिन बुधबार देखि पर्वको नाममा मेला आयोजना गरी केही व्यक्तिले आफ्नो सुवार्थ पूरा गर्ने उद्देश्यले व्यापार गर्दै गरेको स्थानीयहरुको गुनासो रहेका थिए ।
स्थानीयहरुको भनाई अनुसा ६ दिन सम्म मेला आयोजना गरिरहदा बिरामी , वृद्ध , दीर्घ रोगी , सानासाना बालबालिका लगायतमा अत्याधीक ध्वनि प्रदूषणका कारण धेरै समस्याहरु आईरहेको बताएका थिए ।
सो मेला समितिको संयोजकमा स्थानीय ईस्लाम मिया रहेका छन भने व्यवस्थापकिय जिमा शौकत अलिको रहेको स्रोतको दाबी रहेको थियो ।