दुहबी / सुनसरीको दुहबी नगरपालिकाले आयोजना गरेको छैठौ मेयरकप फुटबल प्रतियोगितामा आज सोमबार भएको खेलमा दुहबी वडा नम्बर १० ले दुहबी ८ लाइ ५- २ गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेका छन । सरस्वती माबिको खेलमैदानमा जारी खेलमा आज दुहबी वडा नम्बर ८ र वडा नम्बर १० बिच प्रतिस्पर्धा रहेका थिए ।
खेल सुरु भएको १५ औ मिनेटमा दुहबी वडा नम्बर १० का जर्सि नम्बर ३० का आसिक कुमार चौधरीले एक गोल गरी आफ्नो टिमलाइ १-० ले अग्रता दिलाएका थिए ।
तत्कालै दुहबी ८ का जर्सिनम्बर ५ का खेलाडी ओबिन मगरले १ गोल गरि १-१ बराबरी गोल बनाएका थिए । मद्यान्तर पछिको खेलमा दुहबी १० काजर्सि नम्बर १९ का समित चौधरीले थप १ गोल गरी आफ्नोटिमलाइ २-१ गोलले अग्रतादिलाए। लगत्तै दुहबी १० का जर्सि नम्बर ८ का बिजय उराउ ले १ गोल गरि ३- १ गोलको अन्तर बनाए ।
पुन दुहबी १० का जर्सि नम्बर ७ का कबिन्द्र चौधरीले थप १ गोल गरी आफ्नो टिमलाइ ४-१ गोलको अग्रता दिलाए। दुहबी ८ का जर्सि नम्बर ११ का बिबेक मिश्रले १ गोल गरे भने तत्कालै दुहबी १० का जर्सि नम्बर ८ का बिजयले १ गोल गरेका थिए । खेलको अन्तिम समय सम्म पनि थप गोल हुन नसके पछि दुहबी १० ले दुहबी ८ लाइ ५ -२ गोलले पराजित गर्दै फाइनलको लागी सिट सुरक्षित गर्न सफल भएको छ।
खेलको म्यन अफ द म्यच दुहबी १० का जर्सी नम्बर ८ का बिजय उराउले रु २ हजार र मेडल प्राप्त गरेका थिए।
प्रमुख अतिथि दुहबी नगरपालीका प्रमुख प्रशासकीय अधिकृत हिमालय बरालले मेडल र नगद रकम बितरण गरेका थिए। भोलिको फाइनल खेल दुहबी ६ र १० बिच रहेको छ।




