दुहबी / होली पर्वलाई लक्षित गरेर ईलाका प्रहरी कार्यालय दुहबीले विशेष सुरक्षा योजना बनाएको प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन ।
होलीको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना रहेको पोखरेलले बताए ।
यसपालि होलीमा दुहबी ईलाका भित्रमा ठाउँ विशेष कार्यक्रम हुँदैछ । अरु बेला भन्दा पनि प्रहरी जनशक्ति बढि खटिनेछन् । मोबाइल टोली, पैदल गस्ती, क्वीक रेस्पोन्स टिम र चेकिङ हुनेछ ।
होलीको सुरक्षा व्यवस्थामा व्यापक रूपमा सादा पोशाकमा प्रहरी खटाइनेछ ।
पोखरेलका अनुसार दुहबी क्षेत्र भित्र रङको तिहार होलि पर्व लाई भयरहित , मर्यादित र सुरक्षित बनाउँ , अनिच्छुक र अपरिचित मानिस लाई रङ नलगाअौ , लगायत उछृंखल गतिविधि नगर्न , दुहबी क्षेत्रको ठाउँ ठाँउमा पर्चा पम्पलेट , माईकिङ प्रहरीले गरिरहेको बताए ।

होलीको समयमा मोटरसाइकलमा ३ जना चढ्ने, विना हेलमेट हिँड्ने जस्ता गतिविधिविरुद्ध पनि कडा निगरानी गरिनेछ । कुनै घटना भए तत्काल ९८५२०९०१२९ दुहबी प्रहरी वा १०० मा फोन गरेर जानकारी गराउन दुहबी प्रहरीद्वारा अपील गरिएको छ ।





