दुहबी / सुनसरीको दुहबी नगरपालिकाको मातहत रहेको १६ विगाहा जग्गा मध्ये दुहबी वडा नम्वर ५ स्थित पंचायत आधारभुत विद्यालयको स्वामित्वमा रहेको दुहबी ४ नम्वर वडामा रहेको सार्वजनिक जग्गामा केही व्यक्तिहरुले मौखिक रुपमा जग्गा बेचेर पक्कि घर संरचना समेत निर्माण गर्दे अतिक्र्मन गर्न थाले पछि सो
विरुद्ध दुहबी नगरपालिकाले चांसो देखाउदै बिहिवार उप मेयर मेनुका खतिवडा दुवारा अतिक्रमीत जग्गाको स्थलग निरीक्षण गर्दै कुनै पनि संरचना निर्माणकार्य नगर्न ठाडो आदेश दिएकि छिन ।
सो अनुगमनमा दुहबी ४ का वडा अध्यक्ष मुस्तकिम मिया वडा सदस्य शंकर बस्नेत दुहबी नगरपालिका न्यायिक समिति शाखाकि पार्वता तिम्सिना , बिनिता खडका लगायतको सहभागिता रहेका थिए ।
दुहबीको करोडौंको सार्वजनिक जग्गामा मौखिकरूपमै व्यक्तिले पर कठ्ठा ६ लाखको दरले बेच्ने गरेको केही दिन अगाडी मात्र स्थानीयले आरोप लगाउदै दुहबी नगरपालिका नयायिक समितिमा उजुरी दिए पछि सो कुरा खुल्नमा आएको थियो ।
दुहबी नगरपालिका मातहत रहेको १६ विगाहा जग्गा मध्ये दुहबी वडा नम्वर ५ स्थित पंचायत आधारभुत विद्यालयको स्वामित्वमा रहेको दुहबी ४ नम्वर वडामा रहेको सार्वजनिक जग्गामा केही व्यक्तिहरुले मौखिक रुपमा जग्गा बेचेर पक्कि घर संरचना समेत निर्माण गर्दे आएको स्थानीयको आरोप रहेको थियो ।
बुढीगंगा ५ स्थित बुढी खोलाको छेवमा रहेको दुहबी नगर पालिकाको स्वामित्वमा रहेको अढाई बिगाहा भन्दा वढि जग्गा रहेको सार्वजनिक जग्गा मध्ये करिव ५ कठ्ठा जग्गामा ५ वटा घर निर्माण भई बाँकी केहि पक्कि घर निर्माणकार्य भईरहेको स्थानीय अलाउदिन मियाँले बताएका थिए ।
यता सो सार्वजनिक जगामा दुई वटा घर निर्माण गर्न लागे पछि सो सार्वजनिक जग्गा छेवमा रहेको दुहबी ५ (ख) कित्ता नम्वर ४३४ हाल दुहबी ४ नम्वर वडामा रहेको नम्बरी जग्गाको सधियार दुहबी ४ घर भएकि अमिना खातुनले आफ्नो नम्बरी जग्गा छेउमा रहेको सार्वजनिक जग्गा मिसाएर मौखिक रूपमा जग्गा बेचेको भनेर आरोप लगाउँदै त्यहाँ बनाउन लागेको घर निर्माणकार्य रोकि सार्वजनिक जग्गा सुरक्षित राखी करोडौको सार्वजनिक जग्गा संरक्षण गर्न र जिउ धनको समेत शान्ति सुरक्षा गर्न दुहबी ४ का गुलाबी मियाँ विरुद्ध दुहबी नगरपालिकाको न्यायिक समितिमा गत माघ २३ गते उजुरी परेको हो
दुहबी नगरपालिका न्यायिक समितिमा उजुरी परे पछि नयाँ घर निर्माण गर्ने ब्यक्तिहरुलाइ घर निर्माणकार्य रोक्न न्यायिक समितिले पत्राचार गरेको थियो ।
मौखिकरूपमा केही ब्यक्तिहरुले उक्त सरकारि, सार्वजनिक जग्गाहरु
६ लाख कठ्ठाको दरले बेच्ने गरेको स्थानीय अलाउदिन मियाँले दावी गरेका थिए ।
दुहबी नगरपालिका र विद्यालय व्यवस्थापन समितिहरुले जग्गाहरु र भौतिक सम्पत्तिहरुको नागरिकमा सूचनाको हक, पारदर्शिता र सहि व्यवस्थापन गर्नुपर्ने,दुहबी नगरपालिकाले आफ्नो स्वामित्वमा भएका जग्गाहरु फिर्ता लिइ भौतिक सम्पत्तिहरुको संरक्षण र उचित व्यवस्थापन गर्नु गराउनु पर्ने आम दुहबीवासिको चासो र गुनासो रहेको थियो ।
उता सो बिषयमा सार्वजनिक जग्गा हिनामिना गरेको आरोप लाग्दै आएका गुलाबी मिया संग बुझ्दा आफू बिगत ४० बर्ष भन्दा माथी देखि भोग चल्न गर्दै आएको सो सार्वजनिक जग्गा कुनै प्रकारको हिनामिना नगरेको र केही गरिब सुकुम्बासीहरु लाई निशुल्क रुपमा घर बनाउन आफू सहमती दिएको सुईकार गर्दै कोहि संग एक पैसा नलिएको बताए ।
गुलाबी मिया भन्छन सो जग्गा चमरु मुसहर संग आफू किनेर लिएको केही लिखित प्रमाण समेत रहेको दाबी गरेका छन ।
दुहबी नगरपालिका मातहत १ नं वार्ड देखि १२ नं वार्ड सम्म सार्वजनिक सरकारी र सामुदायिक विद्यालयहरुको नाममा सयौं विगाहा जग्गाहरु रहेको छ । सार्वजनिक सरकारी र सामुदायिक जग्गा बेच्नु,चलन चल्तीको रकम कोलम नखोली लिजमा दिनु,भोगाधिकार गर्न दिनु,स्वामित्व र हक हस्तान्तरण गर्नु गराउनु सरकारी, सार्वजनिक र सामुदायिक सम्पतीको हिनामिना गरी भ्रष्टाचार र अख्तियारको दुरुपयोग भएको कानुनका जानकारहरु बताउँछन । यो समाचार आजको कोचिला खबर पत्रिबाट साभार गरिएको हो






