दुहबी वडा नम्बर ३ र ५ स्थित रहेको दुहबी-इनरुवा सडक खण्डको खाल्डाखुल्डीमा पानीमाथी माटो हाल्दा जस्ताको तेस्तै भएको स्थानीयकले गुनासो गरेका छन् । सो सडकमा खाल्डाखुल्डी भएर धुलाम्मे हुँदा पटकपटक सरोकारवालाहरुको ध्यानाकर्षण गराउदा समेत मर्मत न भएपछि बर्षायाममा एस्तो भएको स्थानीयहरु बताउँछन् ।
सडक बिभागले बेलैमा ध्यान न दिदा एस्तो भएको भन्दै स्थानीयहरु आक्रोशित छन् । स्थानीयले गुनासो गरेपछि एक हप्ता अगाडी सो सडक खण्डमा ग्राभेल माटो हालेर स्थानीयलाई थामथुम गराइएको थियो । सो सडकमा दिनहुुँ जसो प्रदेशका मन्त्री देखि सांसद लगायत भिआइपिहरुको गाडी हिड्ने ब्यस्त सडकमा पानी माथी माटो हालेर आफुहरुलाई ललिपप देखाइ गिज्याएको भन्दै स्थानीय युबाहरु समेत आक्रोशित छन् ।