सुनसरी/ हिन्दू स्वयंसेवक संघ नेपाल, बिराटनगर सम्भागको सम्भाग कार्यलय निर्माणार्थ आज बिराटनगर महानगरपालिकाको मोतिराम टोलमा भुमिपूजन गरि सिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।
संघको सहराष्ट्रिय प्रचारक रेवित कुमार ज्युले सम्भाग कार्यलयमा ५ (पाँच) प्रकारको सेवा कार्य सञ्चालन
गरिनेछ ।
१. धार्मिक साहित्य विकास केन्द्र
२. केशव रक्तदाता समूह
३. चिकित्सा सेवा केन्द्र
४. व्यक्तित्व विकास केन्द्र
५. सीप विकास केन्द्र
कार्यक्रममा संघको सहराष्ट्रिय संघचालक एवं पूर्व प्रहरी महानिर्देशक कल्याण तिमल्सिनाले यो कार्यलयको निर्माण बिराटनगर स्थानीयको प्रमुख दाईत्व रहेको र यश कार्यले समाज लाई सङ्ग्ठित गर्ने विश्वास व्यक्त गर्नु भयो ।
किरात धर्म गुरु चन्द्रकुमार शेर्मा लिम्बु पपोहाङ्ग मुन्धुङ्ग बिद एवं ज्योतिर्विद्यले सेवा कार्यले शरीर सुद्धिकरण हुन्छ, दानले धन सुद्धिकरण हुन्छ, ध्यानले मन सुद्धिकरण हुन्छ भने तिर्थाटनले आत्मा सुद्धिकरण हुन्छ। यस्तो पवित्रकार्यको निमित्त भुमी दान गर्नुहुने देवकिशन मुन्द्रा एवं देवेनरा परिवारलाई सर्वोत्तम कार्य गरेकोभन्दै आभार प्रकट गर्नु भयो ।
हिन्दू स्वयंसेवक संघ नेपालको अन्तर्राष्ट्रिय संयोजक सौमित्र गोखले यस पवित्र भुमीमा निर्माण हुने बिराटनगर सम्भाग कार्यलय समाजलाई सेवा प्रवाह गर्ने एक माध्यम बन्ने बताउनु भयो । समाज सङ्गठिक गर्ने संस्कार सहितको समाज निर्माणमा यस भुमिमा निर्माण हुने संघ कार्यलय, केशव धामले अहम भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो । समग्र हिन्दू समाज द्वरा निर्माण गरिने यस केशव धामको माध्यमले प्रवाह हुने सेवा कार्यले सम्पूर्ण समाजलाई टेवा पुग्ने बताउनु भयो।
यसरी नै बिराटनगर महानगरपलिकाको मेयर भिम परजुलीले संघ जस्तो पवित्र कार्य आफुले अन्त नदेखेको, निश्वार्थ भावले स्वयंसेवकहरु द्वारा गरिने सम्पूर्ण कार्यमा स्वयंले सहर्ष सहयोग गरिरहेको र गरिरहने प्रतिबध्ता जनाउनु भयो। निर्माण पश्चात् यस कार्यलयले समग्र समाजको मीउदण्ड बन्ने विश्वास व्यक्त गर्नुभयो। संघको सहराष्ट्रिय कार्यवाह महेन्द्र प्रशाद साह , संघको बिराटनगर सम्भाग मा. संघचाल सियाराम रौनियारले शुभकामना दिनुभयो ।





