दुहबी / सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज सनिबार भएको दोश्रो सेमीफाइनल खेलमा एकता युवा क्लब लाई आयोजक मेमोरी युवा क्लब ले १-० गोल अन्तर ले पराजित गरेको छ।
निर्धारित ८० मिनेटको खेलको पहिलो हाफ सम्म मेमोरी युवा क्लब ले निकै आक्रमक खेल प्रदर्सन गरेता पनि गोल हुन सकेको थिएन। मध्यान्तर पछिको अन्तिम समयमा आयोजक मेमोरी युवा क्लब सोनापुर का खेलाडी जर्सी नम्बर १४ का खेलाडी कुशन राई ले एक गोल गर्दै आफ्नो टिमलाइ अग्रता दिलाएका थिए।
आयोजक मेमोरी युवा क्लब का सचिव पन्च नारायण चौधरी ( सुजेन) का अनुसार निर्धारित समय सकिदा सम्म मेमोरी युवा क्लब का राइको गोल नै निर्णायक हुँदै १-० अन्तर ले आयोजक क्लब फाइनल मा प्रवेश भएको बताए। सचिब चौधरी का अनुसार आयोजक क्लब का मिड फिल्डर उमेश कार्की म्यान अफ दि म्याच घोसित भएका छन भने उनले रु ३ हजार पुरस्कार जितेका थिए।
सेमिफाइन खेल समाप्त भए सगै अब आगामी माघ ३ गते सोमबार का दिन आयोजक मेमोरी युवा क्ल सोनापुर र पुर्वान्चल युनाइटेड क्लब बीच फाइनल खेल दिन को १ बजे देखि सोनापुर खेल मैदानमा हुन सचिव पन्च नारायण चौधरी (सुजेन )ले बताए।
प्रथम हुने टिमलाइ रु १ लाख नगद,ट्रफी र प्रमाणपत्र साथै उपबिजेता लाई रु ५१ हजार नगद ,ट्रफी र प्रमाण पत्र दिइने बताएका छन।



