• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा चार ठुला अस्पताल बन्ने तयारी

काेचिला खबर by काेचिला खबर
08/14/2021
in FEATURE, समाज, स्थानीय, स्वास्थ्य
180
SHARES
819
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/सुनसरीको दुहबीमा चार ठुला अस्पताल बन्ने तयारी भइरहेको छ। दुहबी नगरपालिकाको स्वामित्वमा रहेको दुहबी ८ मा स्थापित दुहबी नगर अस्पताल हाललाई अस्थायीरूपमा संचालनमा ल्याइएपनी २५ करोडको लागतमा बिपन्न नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले १५ शैय्याको दुहबी नगर अस्पताल अत्याधुनिक उपकरण सहित सञ्चालनमा ल्याइने तयारी नगरपालिकाले गरेको छ।

दुहबी नगर अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बिमा समेत लागू भएकोले दुहबीका बिपन्न नागरिकहरुकालागि स्वास्थ्य बिमामा पहुँच पुर्याउनकालागि दुहबी नगरपालिकाले ६० लाख छुट्टयाएकोले प्रती परिवार २ हजार देखि २५ सय नगरपालिकाले तिरी दिने जनाइएको छ।

यसैगरी दुहबी ३ मा संचालनमा रहेको सुनसरी सामुदायिक हस्पिटल हाल १५ बेडको भएपनि ५० बेडमा स्तरोन्नति गरिएकोले भवन निर्माणको काम भइरहेको नवीनतम प्रविधि र मेडिकल उपकरणले सुसज्जित हुने बताइएको छ ।

यसैगरी दुहबी ५ स्थित बर्सौदेखी बन्द अवस्थामा रहेको श्रीलुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइने भएको छ ।

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रुपमा लगानी गरी निर्माण गर्ने भनिएको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको बताइएको छ।

बन्द हुनु अघिसम्म १५ श्यया रहेको सो अस्पतालको स्तरोन्नति गरी ५० श्ययामा स्तरोन्नति गर्ने बताइएको छ । अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्ने र आर्थिक सहयोग बसन्त चौधरी फाउण्डेसनले जुटाउने बताइएको छ।

आगामी वैशाख १ गते नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर सो च्यारिटी अस्पतालको सम्पूर्ण सेवाको सुरुवात गर्ने तयारी भइरहेको जनाइएको छ । चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा तत्कालीन युबराज दिपेन्द्र शाहले गरेका थिए।

तत्कालीन दुहबी गाविसले दुहबीका नागरिकलाई स्वास्थ्य सेवा सहज होस भनेर च्यारिटी अस्पताल चलाउनका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएर दुहबीमा सो अस्पताल केही समय संचालनमा आएपनी बर्सौदेखि लथालिङ्ग अवस्थामा रहेको छ।

सयौं उद्योग रहेको दुहबीमा औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने मजदूर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने उदेश्यले त्यसबेला च्यारिटी अस्पताल स्थापना गरिएपनि च्यारिटी अस्पताल चलाउदा आर्थिक लाभ न हुने देखिएकोले बर्सौंदेखी अस्पताल बन्द गरेको हुन सक्ने स्थानीयहरुको आशंका छ।

नर्भिक इन्टरनेशनल हस्पिटलले यसै वर्षदेखि सुनसरीको दुहबीमै १०० श्ययाको अत्याधुनिक छुट्टै अस्पतालनको निर्माण कार्य समेत शुरू गर्ने यसअघि नै घोषणा गरिसकेको छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist