• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा अख्तियार मिचेर उद्योगलाई सहयोग गर्नेहरु उपर बिशेस अदालतमा मुद्दा दर्ता हुँदै

काेचिला खबर by काेचिला खबर
07/21/2021
in FEATURE, मुख्य, समाज, स्थानीय
364
SHARES
1.7k
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी/ सुनसरीको दुहबी वडा नम्बर २ स्थित रहेको प्रिमियर स्टिल उद्योगले अबैध र अनाधिकृत गैरकानुनी रूपमा उद्योग छेउमा रहेको नवीन आधारभुत विद्यालयको २ कठ्ठा जग्गा र सुनसरी-मोरङ सिंचाइ आयोजनाको नहर मिचेर साढे ८ कठ्ठा करोडौंको जग्गा निजि प्रयोजनकालागि नन्द किशोर राठी समूह र शिबरत्न शारडा समुहको प्रिमियर स्टिल प्रा.लि.ले अतिक्रमण गरि विद्यालयको जग्गा बाटो प्रयोजनकालागि अधिग्रहण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले बिशेश अदालतमा मुद्दा दर्ता गर्न लागेको स्रोतले दाबी गरेको छ।

सार्बजनिक एबं सरकारि सम्पत्तिको दुरुपयोग गरेको भन्दै प्रिमियर स्टिल उद्योगका ९ जना संचालक र सो विद्यालयका तत्कालीन प्रधानअध्यापक, विद्यालय ब्यब्स्थापन समितिका सदस्यहरु,बार्ता टोलिका सदस्यहरु र साक्षीहरुको बयान अख्तियारले लिइ सकेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालय द्वारा उद्योगलाई सडक प्रयोजनकालागि म्याद बिनाको रु ८ लाखमा उद्योगिहरुलाइ जग्गा दिने निर्णयका बारेमा विद्यालयका प्रधान अध्यापक सुरेन्द्र चौधरी,विद्यालय ब्यब्स्थापन समितिका सदस्यहरु बद्रीनारायण खां, राजनारायण बिश्वास,उमालाल चौधरी,पन्नालाल चौधरी,अमृत लामा लगायतहरुसंग बयान लिइ सकेको हो।
यसैगरी सो कुराको साक्षी बस्ने प्रदीप चौधरी र श्रीप्रसाद यादवसंग समेत बयान लिइ एक हप्ता भित्र अख्तियारले बिशेश अदालतमा मुद्दा दायर गर्ने तयारी भइ रहेको जनाइएको छ।

उद्योग छेवमै रहेको तत्कालिन नविन शिक्षा आधारभूत विद्यालय व्यवस्थापन समिति प्रधान अध्यापक, सुनसरी–मोरङ्ग सिंचाई आयोजनाका कर्मचारीहरु, तत्कालिन रामगन्ज सिँचाई शाखा उपभोक्ता समितिका पदाधिकारी, तत्कालिन दुहवी गाविसका अधिकृत र कर्मचारी, साक्षि र रोहवरमा बस्नेहरु र सधियारहरु बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौंमा २०७६ साल बैशाख १२ गते उजुरी परेको
थियो ।

सो उजुरिको अनुसन्धान गर्न बैशाख १६ गतेको पत्र अनुसार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान गरि रहेको छ । अख्तियारको उजुरि दर्ता नम्वर २५१४२ मा सार्वजनिक सरोकारको भ्रष्टाचारको विषयमा अनुसन्धान गरी भ्रष्टाचारीहरुलाई कारवाही गरी पाउ भनिएको थियो ।

तत्कालिन दुहवीका अधिकृत युबराज ढकाल र अन्य कर्मचारीको मिलेमतोमा जालझेल गराइ सो उद्योग स्थापना गरेको, दुहबी न.पा. वार्ड नं. २ स्थित उद्योग छेवमा रहेको नविन शिक्षा आधारभूत विद्यालय व्यवस्थापन समितिले करोडौ पर्ने जग्गा उद्योगलाइ गलत तरिकाले हस्तान्तरण गरेको, सुनसरी–मोरङ्ग सिंचाइ आयोजनाको करिब साढे आठ कठ्ठा जग्गा सरकारी कुलो नहर मिचि फ्याक्टरी निर्माण गरेर अख्तियार मिचेर भ्रष्टाचार गरेको भन्दै अनुसन्धान गरी कारवाही गरी पाऊ भनि उजुरिमा उल्लेख रहेको थियो ।

२०७३ मंसिर ८ गते दर्ता भएको प्रिमियर स्टील प्रा.लि. नामक उद्योगको स्थापनामा जालझेल गरी प्रारम्भीक वातावरणिय परिक्षण आइइइ समेत गुपचुप गरी गरेको, उद्योगले नेपाल सरकारले खनेको साने नहर मिचेको, स्थानिय सामुदायिक विद्यालयका नि.वर्तमान व्यवस्थापन समिति र प्रधानाध्यापकले व्यक्तिगत लोभमा परी उक्त उद्योगको बाटो प्रयोजनको लागि जग्गा उपलव्ध गराई चलन चल्तीको मूल्यमा करिब एक करोड बढी राज्यको सम्पत्ति दुरुपयोग गरेको दुहवी गाविसका अधिकृत र कर्मचारीको मिलेमतोमा जालझेल गराइ उद्योग स्थापना गरेको भनि उजुरी परेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी उपर छानविन गर्दे २०७६ साल असारको पहिलो हप्ता सुनसरी–मोरङ्ग सिंचाइ आयोजना, नविन शिक्षा आधारभूत विद्यालय, प्रिमियर स्टिल उद्योग र दुहवी नगरपालिकालाइ १५ दिन भित्र सो उजुरीमा उल्लेख भएको १४ ओटा प्रमाणको बिषयमा के कसो हो भनेर लिखित जवाफ माँगेको थियो ।

लिखित जवाफको सम्बन्धमा सुनसरी-मोरङ्ग सिंचाइ आयोजनाले लगभग ९ कठ्ठा वाटर कोर्स(सानो नहर)सो उद्योगले मिचेको भनि स्पष्टीकरण दिएको बताइएको छ भने नविन शिक्षा आधारभूत विद्यालयले तत्कालिन व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी र प्रधानाध्यापकले प्रिमियर स्टिल उद्योग संचालक विरेन्द्र राठीका बीच उद्योगलाइ वाटो प्रयोजनकालागि भनेर ८ लाख लिएर सम्झौता गरिएको माईन्यूट रहेको बताइएको छ ।

यसैगरी वातावरण बिभागबाट आएको टोलीले प्रिमियर स्टिल उद्योगमा अनुगमन समेत गरेको थियो ।
वातावरण बिभागले प्रिमियर स्टिल उद्योग र छेवछावका गाउँमा समेत स्थलगत अनुगमन गरेको थियो । उद्योगबाट निस्केको धुवा धुलो र ध्वनी प्रदुषणका कारण स्थानीयहरु आक्रोशित भएपछि रास्ट्रिय मानव अधिकार आयोगमा स्थानीयहरु ४०९ जनाले हस्ताक्षर सहित उजुरी दिएपछि स्थलगत अनुगमन गरिएको थियो । वातावरण बिभागका केमिस्ट केशव पौडेलले सो उद्योगका बारेमा विस्तृतरुपमा अध्ययन गरेर मन्त्रालयमा पेशगरि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे अनुरुप उद्योगले गलत आइइइ गरेको ठहर गर्दै प्रतिवेदन सहित कारवाहीकोलागि मन्त्रालयमा सिफारिस गरेको बताए।

प्रिमियर स्टिल उद्योगले गलत आइइइ गरेको ठहर गर्दै वातावरण विभागबाट आएको वातावरणीय प्रदुषण नियन्त्रण तथा नियमन शाखाले कारवाहीकोलागि सिफारिस समेत गरेको थियो। टोलीको निरीक्षण प्रतिवेदनमा प्रिमियर स्टिल प्रालिको प्रारम्भिक वातावरणीय परीक्षणमा उद्योग नजिकै मदरसा र विद्यालय न रहेको शाखा नहर(कुलो) न रहेको घना वस्ती न रहेको उल्लेख गरेको थियो । उद्योगका प्रोडक्सन मेनेजरले हाल सम्म धुलो, धुवाँ,फोहर पानि एवं ध्वनीको परिक्षण न गरिएको, धुलो, धुवाँ नियन्त्रणकोलागि कुनै उपकरण न लगाएको प्रतिवेदनमा उल्लेख थियो।

उद्योगले प्रारम्भिक वातावरणीय परिक्षण र वातावरणीय प्रभाव मूल्याङकनलाइ गलत तरिकाले प्रस्तुत गरेको निष्कर्ष निकाल्दै वातावरण विभागले आवश्यक कारबाहीकोलागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयलाइ प्रतिवेदन पठाएको थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist