• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

अपराध र शान्ति सुरक्षाको विषयमा काेहि पक्ष सँग झुक्दैन : सुनसरी एसपी सन्जयसिंह थापा

प्रहरी र पत्रकारको सम्बन्ध नङ र मासु जस्तै रहेको प्रहरी नायव निरिक्षक थापाको भनाई

काेचिला खबर by काेचिला खबर
07/12/2021
in स्थानीय
103
SHARES
470
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरी जिल्लामा भर्खरै मात्र सरुवा भएर आएका प्रहरी प्रमुख नायव निरीक्षक एसपी सन्जयसिंह थापाले आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको सभाहलमा जिल्लाका पत्रकारहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

कार्यक्रममा बोल्दै एसपी थापाले कानुन कार्यान्वयनमा कुनै पनि कम्प्रोमाइज नगर्ने,बोलेर भन्दा काम गरेर देखाउने आफ्नो कार्यकालमा अपराध अनुसन्धानमा कुनै पनि पक्ष सँग नझुकेर कार्वाही गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा गरिएको पत्रकारहरु सँग छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख थापाले सुनसरी जिल्लामा आएर आफु टुलुटुलु हेरेर नबस्ने र कानुन कार्यान्वयन नगर्ने लाई कारबाही गरेर देखाउने बताए ।

थापाले आफुले कुनै खास छुट्टै योजना नबनाएको जनाउँदै नेपाल प्रहरीको कार्ययोजना लाईनै लागु गर्ने बताए । जिल्लामा केही ठाउँमा तस्करी र ,जुवातास र लागूऔषध सेवन होटलहरुमा हुने यौन धन्दा लगायतको कारोबार भएको भन्दै त्यसलाई रोक्न कुनै कसुर बाँकी नराख्ने बताउदै जिल्लामा हुने शान्ती सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, महिला हिंसा, झैझगडा अन्त्य गर्न पत्रकारहरुसँग समेत सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो ।

परिचयात्मक कार्यक्रममा पत्रकाहरूले कसैको दबाब र प्रभावमा नपरी काम गर्न जिल्ला प्रहरी प्रमुख थापालाई सुझाव दिएका थिए । शान्ति सुरक्षाका हिसाबले सुनसरी संवेदनशील जिल्ला भएको भन्दै पत्रकारहरूले कसैको प्रभाव र दबाबमा नपरेर शान्ति शुरक्षामा थप मजबुत बनाउन थापालाई अनुरोध समेत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरुवा भएर आउनु भएको एसपी थापाले पत्रकार र प्रहरी बीचको सम्बन्ध नङ र मासुको जस्तो भएको बताउदै सुचना खाेजी र प्रवाह गर्ने विषयमा पत्रकारहरुलाई सहज तरिकाले सुचना उपलब्ध गराउने प्रतिबद्धता समेत थापाले गर्नु भयो।

परिचयात्मक कार्यक्रममा सहभागि पत्रकारहरुले सुनसरीमा लागु औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, चोरी नियन्त्रणसँगै जिल्लामा शान्ति सुरक्षा प्रदान गर्नु प्रहरीले सबै सँग सहकार्य गर्दै जान सुझाव दिएका छन्।

पत्रकारहरुले सुझाव दिदै भने जिल्लामा दुव्र्यशनीले विकराल रुप लिदै गएकोले प्रहरी प्रशासनलाई न्युनीकरणको लागि कडाई गर्न, खुल्ला सिमानाकाले कर छली भइरहेको र ढुकुटी कारोवारले सुनसरी बद्नामी हुदै गएकोले प्रहरीलाई निगरानी बढाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्जयसिंह थापा, प्रहरी उपरीक्षक नगेन्द्र कार्की, पत्रकार महासंघका अध्यक्ष जनकऋषि राई लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026
मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

03/30/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist