दुहबी/ मोरङको बुढीगंगा–३ स्थित हुलास वायर इण्डष्ट्रीजका मजदुरहरुले उद्योगको गेट आगाडी धर्ना दिदैं तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन्। श्रम एनले दिएको सेवा सुबिधा माग गरेपछि ९३ जना मजदुरलाई उद्योगले निकालेपछि पुन वहालिको माग राख्दै उद्योगमा कार्यरत ७ सय बढी मजदुरहरु आक्रोशित हुँदै आन्दोलित भएका हुन्।
मङ्गलबार हुलासका व्यवस्थापकले अचानक कुनै किसिमको सुचना नदिइकन उद्योगमा १० वर्षदेखि कार्यरत ९३ जना ज्यालादारी लगायत मजदुरहरुलाई निष्काशन गरेपछि आक्रोशित हुँदै आन्दोलन गर्न बाध्य भएको मजदुरहरु बताउछन्।
मजदुर संगठन र उद्योगबिच सहमति गर्ने उद्देश्यका साथ बुधबार र बिहीवार वार्ता भएपनि वार्ता टुंगो नलागेपछि श्रमिकहरुले आन्दोलनलाई निरन्तरता दिएको मजदुरहरु बताउछन।
६ महिना काम गरेपछि स्थाई नियुक्ति पत्र र उधोग भित्र मजदुरले काम सुरु गरेकै दिन देखी न्युनतम पारिश्रमिक लगायतका सेवा सुविधा पाउनुपर्ने श्रम कानुनमा प्रस्ट उल्लेख भएपनि उद्योगले बेवास्ता गरेको नेपाल कारखाना श्रमिक संघ मोरङका अध्यक्ष श्रीप्रसाद साहले बताए।
अध्यक्ष साह भन्छन १० वर्षदेखि कार्यरत मजदुरलाई उद्योगले श्रमऐनले दिएको अधिकार बमोजिमको कुनै पनि सेवा सुविधा नदिएर अधिकांश मजदुरलाई बाध्य बनाई काममा लगाउने गरेको बताए।






