सुनसरीको दुहबी ८ मा रहेको १ सय शैय्याको दुहबी आइसोलेसन केन्द्र र ५ शैय्याको अस्थायी कोभिड अस्पताल को सम्पुर्ण तयारी पूरा भएको छ। आज एक नम्बर प्रदेशका मुख्य मंत्री शेरधन राइले सो आइसोलेसन केन्द्र र कोभिड अस्पतालको निरीक्षण गर्नु भएको थियो। दुहबी नगर प्रमुख बेदनारायण गच्छदार, उप प्रमुख सुनिता दाहाल शाह, प्रमुख प्रशासकिय अधिकृत बिनोद नेउपाने, दुहबी ८ का कावा वडाअध्यक्ष बिनय दाहाल, दुहबी ३ र ५ का वडाअध्यक्षद्वय माधब भण्डारी र रमेशकुमार रौनियार लगायत स्वास्थ्यकर्मीहरुले समेत निरीक्षण गर्नु भएको थियो। ५ शैय्याको कोभिड अस्पतालमा कोरोना भाइरसका लक्षण देखिएका बिरामीलाई उपचार गर्न एक जना एमबिबिएस डाक्टर २ जना नर्सिङ कर्मचारी र एक जना कार्यालय सहयोगि लगायतका कर्मचारीहरु सहित अक्सिजन तथा स्वास्थ्य उपकरणहरु राखिने दुहबी स्वास्थ्य शाखाका सह-संयोजक उचितनारायण शाहले जनाए। दुहबी आइसोलेसन केन्द्र र अस्थायी कोभिड अस्पताल तयार गर्न एक नम्बर प्रदेश सरकार ले ३० लाख सहयोग गरेको बाकी दुहबी नगरपालिकाले खर्च गर्ने अहिलेसम्म लगभग ४२ लाख अनुमानित खर्च भएको दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद नेउपानेले जानकारी दिएका छन् ।









