आज देखि २ हप्ताकालागी दुहबी नगरपालिका लकडाउन भएको छ । अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको हो ।
खाधान्न पसल बिहान ८ बजे देखि १ बजे सम्म खोल्ने दुहबी नगरपालिकाले निर्णय गरेको छ । दुहबी नगरपालिकाको स्वास्थ्य शाखा बाहेक सम्पुर्ण सेवा एक हप्ता कालागि बन्द गर्ने निर्णय गरिएको हो ।
निर्णय उल्लंघन गर्ने पसललाई ५ हजार जरिवाना गर्ने समेत निर्णय गरिएको छ । अति आवश्यक बाहेक सिटि सफारी समेत बन्द गरिएको हो । उद्योगको हकमा भने स्वास्थ्यको मापदण्ड पूरा गरेर मात्र चलाउन दिने निर्णय गरिएको हो ।
दुहबी नगरपालिकाका एक कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण देखिएपछि दुहबी लकडाउन गर्नु परेको दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले जनाए ।
आज देखि प्रतेक दिन दुहबीको समुदाय स्तरमा पिसिआर चेक गर्ने नगर प्रमुख गच्छदारले जनाए ।