नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा पुर्व कृषि राज्य मन्त्री राम कुमारी चौधरीले नेकपाको कार्यदिशा जनताको जनबाद भएको र यसमा कुनै कन्फुजन नभएको बताएकी छिन । जनताको बहुदलीय जनबाद र एकाईसौं सताब्दीको जनबादको कुरा गर्नेहरु पार्टी एककीकरण र एकता बिथोल्नेहरु भएको बताईन ।
दुई ठूला पार्टीहरु माओवादी र एमाले मिलेर नेकपा भईसकेको सन्दर्भमा देशीविदेशी शक्तिहरु लाई मन नपरेकोले फुटाउन प्रयास गरीरहेको बताईन । यसमा हाम्रा पार्टी कै केही नेताहरु शक्ति र सत्ताको प्रलोभनमा परी फुटप्रस्त गतीबिधी गरीरहेको बताएकी छिन । गुटगत मानसिकताले देश र जनताको सेवा गर्न नसकीने बताएकी छिन । पार्टी बिधि, बिधान ,पध्दती र प्रक्रिया बाट चल्नु पर्ने भएता पनि व्यक्ति नेतृत्वमा पुग्दा स्वेच्छाचारी ,मनोगत र व्यक्तिवाद हावी भएकै कारणले समस्याहरु पैदा भएको बताएकी छिन ।
सम्पुर्ण पार्टी नेता तथा कार्यकर्ताहरु पार्टी सिस्टममा चल्दा सम्पुर्ण समस्या समाधान हुने बताईन । कम्युनिस्ट पार्टीको सरकारमा रहेका नेतृत्वले शाही शैली प्रदर्शन गरेकै कारणले दिन प्रतिदिन पार्टी भित्र गम्भीर समस्याहरु देखा पर्दै गईरहेको बताईन । सरकार दिनप्रतिदिन जनताको काम भन्दा पनि भ्रष्टाचारमा लुप्त भएको बताईन । भ्रष्टहरुको संरक्षण सरकारको नेतृत्व तह बाटै भएको र पुजीवादी दलालहरुको चलखेल अनावश्यक भएकोले गर्दा जनताको काम हुन नसकिरहेको बताईन ।
सरकार माथी गम्भीर प्रश्न उठेकोले अब एक मात्रै विकल्प प्रधानमन्त्रीको राजीनामा भएको नेतृ चौधरीले नेपाल मिथिला टिभीमा अन्तरबार्ताको क्रममा बताईन ।अब पार्टीको हरेक निर्णय पार्टी कमीटी बाटै गर्नु पर्दछ । पार्टी कमीटीको निर्णय नमान्ने जोकोही पनि पार्टीको हुन नसक्ने बताईन । पार्टी स्थायी समितिले अब अनिर्णयको बन्दी हुन नहुने बताईन ।