• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

काेचिला खबर by काेचिला खबर
04/22/2026
in FEATURE, मुख्य
53
SHARES
240
VIEWS
Share on FacebookShare on Twitter

 

विराटनगर / गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको कार्यभार सम्हाल्नुभन्दा दुई दिन अगाडि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको पाइएको छ ।

धनकुटाको चर्चित पर्यटकीय स्थल भेडेटारमा गुरुङले १९ रोपनी १५ आना जग्गा खरिद गरेको पाइएको छ । साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ (साविक कार्कीछाप ५) को जग्गा उनले किनेका हुन् । चैत १३ गते गृहमन्त्री भएका गुरुङको नाममा चैत्र ११ गते उक्त जग्गा पास भएको पाइएको छ ।

मालपोत कार्यालय धनकुटाका अनुसार कित्ता नम्बर १६७ को उक्त जग्गा मन्त्री गुरुङले जुनु लिम्बूसँग खरिद गरेका हुन् । जग्गा खरिद गर्दा गुरुङ आफैं भने उपस्थित भएका थिएनन् । उनले वारेसनामामार्फत सहयोगी पठाएर खरिद प्रक्रिया पूरा गरेको मालपोत कार्यालय धनकुटाका एक कर्मचारीले जानकारी दिए ।

गुरुङ धनकुटाको उक्त जग्गाको विषय सरकारलाई पेश गरेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् । तर, त्यसको मूल्य भने उल्लेख गरेका छैनन् । गुरुङले खरिद गरेको जग्गा भेडेटारबाट धनकुटातर्फ जाने सडकको पूर्वतर्फ रहेको बताइएको छ । उक्त जग्गा भेटेटारबाट नाम्जे जाने सडकको पनि नजिकै पर्ने बताइएको छ ।

चर्चित पर्यटकीय क्षेत्र भेडेटारबाट नजिक सो क्षेत्रमा सडक छेउको जग्गा प्रतिआना ५–५ लाख रुपैयाँमा कारोबार हुन्छ । सडक पुगेको भित्री जग्गाको मूल्य पनि प्रतिआना २ लाख पर्ने स्थानीयले बताएका छन् । सडक नभएको भिरपाखाको जग्गाको मूल्य पनि प्रतिरोपनी ५ देखि ६ लाख पर्ने स्थानीयले बताएका छन् । त्यसअनुसार उक्त जग्गाको मूल्य १ करोड भन्दा बढि पर्ने बताइन्छ ।

तर, गुरुङले जग्गा पास गर्दा भने ६ लाख ९० हजार रुपैयाँ मूल्यांकन गरेर राजश्व बुझाएका छन् । सरकारी थैली ९राजस्वं० प्रयोजनका लागि वडा कार्यालयले उक्त जग्गामा ‘बाटो नभएको’ भनी सिफारिस गरिदिएपछि न्यूनतम मूल्यांकनका आधारमा जग्गा पास भएको हो ।

मालपोत कार्यालय धनकुटाका प्रमुख कमलबहादुर थापाका अनुसार उक्त क्षेत्रमा मालपोतको मूल्यांकन भने प्रतिरोपनी १७ हजार रुपैयाँ मात्र तोकिएको छ । ‘पालिकाको मूल्यांकन र मालपोतको सरकारी मूल्यांकन फरक पर्ने भएकाले राजस्वमा यस्तो अन्तर देखिएको हो,’ प्रमुख थापाले भने ।

गृहमन्त्री गुरुङले कति मूल्यमा सो जग्गा खरिद गरेका हुन् र त्यसको स्रोत के हो भन्ने खुलेको छैन । गत भदौको जेनजी आन्दोलनपछि मात्र उनले ५० लाख रुपैयाँको शेयर खरिद गरेको खुलिसकेको छ । यस्तै विवादित व्यवसायी दिपक भट्ट संलग्न लघुवित्त कम्पनीमा उनको ५० लाख रुपैयाँ बराबरको संस्थापक शेयर देखिएको छ ।

गुरुङले सार्वजनिक गरेको सम्पत्ती विवरण विवादित बन्दै आएको छ । उनले गोरखामा हदबन्दी भन्दै धेरै जग्गा आफ्नो बाजेको नाममा रहेको खुलाएका छन् । सामाजिक काममा सक्रिय रहेको बताउने उनीसँग अकुत सम्पत्ती देखिएको भन्दै छानविनको माग भइरहेको छ । हाम्रोमत बाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist