दुहबी / सुनसरीको दुहबीमा एकताको सन्देश दिदै सामाजिक सद्भाव कायम राख्न स्थानीय रंजित गोस्वामीको अगुवाइमा सामूहिक इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।
ईस्लाम धर्म लम्बिहरुको पवित्र कठोर पर्व रमजान महिनाको अवसरमा दुहबीमा सामाजिक सद्भाव र आपसी भाइचारालाई मजबुत बनाउन सामूहिक इफ्तार कार्यक्रम आयोजना गरिएको छ।
स्थानीय समाजसेवी रंजित गोस्वामीको अगुवाइमा आयोजित उक्त कार्यक्रममा स्थानीय युवा राजेश रौनियार , समाज सेवि बिरेन्द्र हलुवाई , राज हलुवा , जिवन हलुवाई , मनिश रौनियार ।
लगायत विभिन्न धर्म, जातजाति तथा समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले एकै स्थानमा बसेर इफ्तार ग्रहण गर्दै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश दिएका थिए। आयोजक गोस्वामीले समाजमा बढ्दै गएको विभाजनलाई अन्त्य गर्न र सबै समुदायबीच समझदारी तथा मेलमिलाप बढाउन यस्ता कार्यक्रमको आवश्यकता रहेको बताए।
उनले भने, “दुहबी बहुसांस्कृतिक र बहुधार्मिक समुदायको साझा थलो हो। यहाँ बसोबास गर्ने सबै समुदायबीच आपसी सम्मान र सहयोग कायम राख्नु सबैको जिम्मेवारी हो।”
कार्यक्रममा मुस्लिम अगुवा हाजी अब्दुल मिया दुहबी ९ का वडा अध्यक्ष मेहदि हुसेन , दुहबी ४ का वडा अध्यक्ष मुस्तकिम रैन दुहबी १ का वडा अध्यक्ष अजुल हुसेन नेकपा एमाले दुहबी नगर सभापती ताबिज हुसेन , ( मुस्तकिम )
मुस्लिम अगुवा हकिम मिया , ईस्राफिल मिया , ईम्तियाज रैन , गफार मिया , तबिज मिया लगायत स्थानीय अगुवा, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता सामूहिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने र धार्मिक सहिष्णुता मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रम अन्त्यमा आयोजकहरूले आगामी दिनमा पनि सामाजिक सद्भाव र एकता कायम राख्ने उद्देश्यले यस्ता गतिविधि निरन्तर सञ्चालन गरिने जानकारी दिएका छन्।




