दुहबी / नेपाली काँग्रेसले क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको छ ।तत्काल क्षेत्रीय समितिको बैठकले जिल्ला समितिलाई प्रतिनिधिसभा सदस्यका आकाङ्क्षी उम्मेदवारको नाम पठाइरहेको छ ।
तसै गरी आज नेपाली काँग्रेसले क्षेत्र नम्बर ३ को प्रतिनिधी सभा तर्फको प्रत्येक्ष उम्मेदवारको नाम सिफारिस बैठमा
सुनसरी ३ बाट बेद नारायण गच्छ्दारको नाम सिफारिस हुदा नेपाली काङ्ग्रेसको कार्यकरता हर्षित भएको देखिन्थ्यो ।
मङ्गलवार अधिकांश क्षेत्रीय समितिले जिल्लामा नाम पठाइसकेको छ सुनसरी क्षेत्र नम्बर ३ मा भने विजय कुमार गच्छदारले क्षेत्रीय समितिमै हस्तक्षेप गरेर निर्णय प्रक्रियामा अवरोध गरेका छन् ।
क्षेत्रीय समितिको बैठकमा एकल नाम सिफारिस गराउन दबाब दिँदै उनले अन्य आकाङ्क्षीको नाम उल्लेख नगर्न अडान राखे । एकल नाम सिफारिस भए टिकट पक्का हुने बुझेका गच्छदार राजनीतिको उत्तरार्धमा थप विवादित बन्दै गएका छन् ।
उनै गच्छदार पुनः प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने दाउमा छन् विगतमा १८ पटक मन्त्री भइसकेका उनी २०७९ को निर्वाचनमा नेकपा एमाले उम्मेदवार भगवती चौधरीसँग पाँच हजार बढी मतान्तरले पराजित भए ।
तत्कालीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलहरूसँग काँग्रेसले गठबन्धन गर्दा समेत पराजित भएका गच्छदारले पुनः उम्मेदवार बन्ने महत्त्वाकाङ्क्षा राखेका छन् । यसअघि काँग्रेसका क्रियाशील सदस्यले समेत भोट नहालेका गच्छदारलाई पार्टी भित्रै उम्मेदवार नबनाउन दबाब बढेको छ ।
दुहबीका एक काँग्रेस नेताले भने, ‘जेनजी आन्दोलनले नयाँ र युवालाई उम्मेदवार बनाएर पार्टी र देशलाई नै नयाँ तरिकाले चलाउनुपर्ने सन्देश दिएको छ । एउटै व्यक्ती बारम्बार पदमा पुग्ने तर उपलब्धि केही नहुने भएकाले जनताले आक्रोश व्यक्त गरे ।
नागरिकको भावना विपरीत काँग्रेस अगाडी बढ्यो भने काँग्रेसले नागरिकको साथ गुमाउँछ । त्यसमा सचेत हुनुपर्छ ।’




