दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ मा अवस्थित राधाकृष्ण मन्दिर रथ यात्रा समितिलाइ दुहबी नगर प्रमुख वेद नारायण गच्छादारले नवनिर्मित श्रीकृष्ण रथ हस्तान्तरण गरेका छन्। कृष्ण जन्माष्टमीको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख वेदनारायण गच्छादार, उपप्रमुख मेनुका खतिवडा, वडा नम्बर ६ का अध्यक्ष घनश्याम हलुवाइ, वडा नम्बर ५ का अध्यक्ष रमेश रौनियार लगायत ले उक्त रथ हस्तान्तरण गरेका हुन्।
दुहबी नगरपालिकाको आ ब २०८२ को बार्षिक बिनियोजित बजेट र वडा नम्बर ६ को बजेट बाट करिब ७ लाख २५ हजार मुल्य बराबरको नया रथ निर्माण गरी हस्तान्तरण गरिएको वडा अध्यक्ष हलुवाइले जनाएका छन् । रथ हस्तान्तरण पछि बोल्दै नगर प्रमुख गच्छादारले सनातन धर्मावलम्बीहरुले आफ्ना आशाका देवता श्रीकृष्णको जन्मओत्सवका अवसरमा रथ यात्रा सहितको भब्य समारोह आयोजना गर्न लागेको हुदा कार्यक्रम सफलताको सुभकामना दिएका छन्।
भगवान बिष्णुको ८ औ अवतारका रुपमा जन्मनुभएका श्रीकृष्ण अधर्म माथिको धर्म र असत्य माथि सत्यको जित का प्रतिक का रुपमा परिचित रहेको हुदा श्रीकृष्णको उक्त सन्देशले दुहबी नगरबासीलाइ प्रेरणा मिलोश भन्ने सुभकामना समेत दिएका छन्। कार्यक्रममा समाजसेवी प्यारचन्द चौधरी, जोय सरकार लगायत हजारौ भक्तजन हरुको उपस्थिति रहेको थियो।





