दुहबी / सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा गएराति सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गढी –२ का १८ वर्षीय नजामुदिन मियाँ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन ।
दुहबी–इनरुवा सडक खण्ड अन्तर्गत दुहबीबाट इनरुवा तर्फ आउदै गरेको को६प ५२४१ नम्बरको मोटरसाइकल र इनरुवाबाट दुहबी तर्फ जादै गरेको को३२प १५०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो
दुर्घटनामा को३२प १५०४ नम्बरको मोटरसाईकल चालक नजामुदिनको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा पछाडि सवार गढी–२ का १७ वर्षीय सहबाज आलम घाईते भएका छन् । उहाँको विराट नर्सिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा को६प ५२४१ नम्बरको मोटरसाईकलका चालक गढी गाउँपालिका–२ का २२ वर्षीय विश्वजित चौधरीको विराटनगरमै उपचार भइरहेको छ । पछाडि सवार महेश चौधरी फरार रहेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुशन्धान भईरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिनुभयो





