दुहबी / सुनसरीको दुहबी नगरपालिकाले नगर स्तरीय न्यायीक समिति मेलमिलापकर्ता तथा न्यायीक शाखाका कर्मचाहरुका लागि कानुनी सचेतना तथा मुलुकी देवानी संहिता सम्बन्धी ४ दिने क्षमता विकास तालिम शनिबार सम्पन्न भएको छ ।
मेलमिलापकामाध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन दुहबी नगरपालिकाले मेलमिलापकर्ताहरु लाई तालिम सञ्चालन गरेको हो ।
दुहबी नगरपालिका न्यायीक समितिको आयोजनामा सञ्चालित तालिममा नगरपाालिकाका १२ वटा वडाका ३५ जना सहभागी रहेका थिए ।
विवादको साटो, मेलमिलापको बाटो भन्ने नाराका साथ शुरु तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध पाटोमा सहजीकरण गरिएका थिए ।
सो तालिमका अथिती तथा दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरेले तालिमबाट कानुन सम्बन्धि नयाँ कुराहरू सिक्ने अवर प्राप्त गर्ने भएकाले यस्ता तालिमहरू फलदायी हुने विश्वास व्यक्त गरे ।
समापन्न समारोहलाई सम्वोधन गर्दै दुहबी नगर का .वा . प्रमुख तथा न्यायीक समिति सम्योजक मेनुका पोख्रेल खतिवडाले मेलमिलाप समितिमा धेरै खालका मुद्दा आइरहने हुनाले मेलमिलामकर्तामार्फत विवाद निरुपण हुने बातावरण सिर्जना भएकोले विकास निर्माणले थप गती लिन सकेको बताइन ।
खतिवडाले न्यायका लागि मेलमिलापको माध्यम उपयुक्त भएको भन्दै यसको व्यापकता र प्रभावकारिता मेलमिलापकर्तामा निर्भर रहने बताएका थिए ।
मेलमिलापबाट समाधान गरिएका विवादहरु कार्यान्वयन गर्न प्रभावकारी रहने हुनाले मेलमिलाप प्रक्रियालाई नगरपालिकाले प्राथमिकता साथ अवलम्वन गर्नु पर्ने उप प्रमुख खतिवडाले आवश्यक्ता रहेको बताईन ।
सो समान तालिम समारोहमा दुहबी नगरपालिकाका न्यायिक समिति सदस्य शंकर , बस्नेत , ललिता चौधरी न्यायिक शाखाका कर्मचारी बिनिता खडका , जनप्रतिनिधि लगायतको उपस्थिति रहेका थिए ।
सो तालिम समारोहको सञ्चालन दुहबी नगरपालिका न्यायीक शाखा प्रमुख पार्वता तिम्सिनाले गरेकि थिन। तालिमको सहभागीहरु लाई प्रमुख अथिती तथा अथिती बाट प्रमाण पत्र समेत वितरण गरेका थिए ।
तालिममा मुख्य प्रशिक्षक सरोज भट्टराइ सुनसरी जिल्ला अदालत अधिकृत प्रशिक्षक मेघराज नेउपाने , शोभा बजगाई लगायतले सहजीकरण गरेका थिए ।





