सुनसरी / मोरङको सुन्दरहरैँचा नगरपालिका –१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । टिपरको ठक्करबाट सुनसरी दुहबी –९ का ४० वर्षीय मोहमद हसिम मियाँको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिएका छन ।
हसिम लाई टिपर चालकले ब्याक गरी मारेको आरोपमा मृतकका आफ्न्तले बिरोध जनाउदै दुहबी क्षेत्रको कोशि राज मार्ग सडक ५ घण्टा अवरुद्ध गरेका थिए ।
टिपर चालक लाई कडा कार्वाही र उचित क्षेती पुर्तीको माग सहित मृतक हसिमका आफ्न्तले सडक अवरुद्ध गरेका थिए ।
स्थानीय रोजिना खातुनका अनुसार हसिमको सव आफ्न्तको सनाखत बिना प्रहरीले जोर जवर्जस्ति सव लाई लिएर गएको आरोप लगाइन ।
उता मोरङ प्रशासले वार्तामा आउन आग्रह गरे पछि मृतक पक्ष बाट दुहबी ९ का वडा अध्यक्ष मेहदि हुसेनको नेतुत्वमा १२ सदस्य वार्ता टोलि गठन भए पछि सडक अवरुद्ध खुलेको हो ।
विराटचोकबाट दक्षिणतर्फ आउँदै गरेको ना १ क नम्बरको टिपर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १ ०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
टिपर चालकलाई नियन्त्रणमा लिइसकेको र घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।





