• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

कोशी गाउँपालिकामा चरम अनियमितता जनप्रतिनि र कर्मचारीको मनमौजि ।

काेचिला खबर by काेचिला खबर
03/27/2025
in FEATURE, स्थानीय
55
SHARES
248
VIEWS
Share on FacebookShare on Twitter

 

सुनसरी / पछिल्लो समय सुनसरीको कोशी गाउँपालिकामा चरम अनियमिताको अखडा बन्न थालेको छ । कोशी गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिले अनियमितता मनमौजि ढंग बाट गर्न थालेको खुलासा भएको हो । विगतमा आर्थिक बेथितिले गाँजेको तथ्य महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले सार्वजनिक गरेको हो । सो प्रतिवेदनले कोशी गाउँपालिकामा आर्थिक वर्ष २०७९÷८० सम्ममा बेरुजु १९ करोड ४९ लाख ९० हजार पुगेको देखाएको छ ।
कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको मनपरी खर्चले गर्दा सो गाउँपालिकामा बर्षेनी अनियमित खर्च तथा बेरुजु रकमसमेत बढेको छ । सो पालिकामा आवश्यक बिल भर्पाइ तथा कागजात पेश नै नगरी मनपरी ढंगले खर्च गरिएको रकम नै २ करोड ४१ लाखभन्दा बढी छ ।

आर्थिक वर्ष २०७८।०७९ मा १४ करोड ५९ लाख ३८ हजार बेरुजु रहेको कोशी गाउँपालिकामा आर्थिक वर्ष २०७९÷८० मा बेरुजु बढेर १९ करोड ४९ लाख ९० हजार पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै गाउँपालिकामा अनुगमन र दैनिक भ्रमण भत्ताकै शीर्षकमा कर्मचारी र जनप्रतिनिधिबाट नै अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।

इन्धनको चरम दुरुपयोग

कोशी गाउँपालिका कार्यालयमा इन्धन खर्चमा चरम दुरुपयोग गरेको पाइएको छ । सो पालिकाले आयल स्टोरलाई बिहिबार, १४ चैत २०८१ इन्धन भुक्तानीको विवरण हेर्दा इन्धनमा व्यापक अनियमितता भएको देखिन्छ । सो पालिकाले आर्थिक वर्ष २०७९÷८० मा इन्धन कार्यालय प्रयोजनका लागि ४९ लाख १७ हजार ५६६ रुपैँया र इन्धन पदाधिकारीका लागि ३६ लाख ७६ हजार १०३ रुपैँया खर्च गरी जम्मा ८५ लाख ९३ हजार ६६९ रुपैँया भुक्तानी गरेको छ । एकैदिन एकै गाडीका लागि पेट्रोल र डिजेलको भुक्तानी गरिएको छ भने निजी नम्बर प्लेटका गाडीहरूमा पनि इन्धनको नाममा पेश भएको बिलअनुसार भुक्तानी गरिएको छ ।
गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले आफ्नो गाडीका लागि दैनिक आवश्यकता भन्दा धेरैबढी तेलको कुपन काटेका छन् । अध्यक्ष अन्सारीले चढने गाडीका लागि भनेर इन्धनको रकम धेरै भुक्तानी गरिएको छ । पेट्रोल पम्पले दिएको बिलमा मेयरको फोन आदेशबाट, मौखिक आदेशबाट इन्धन दिएको उल्लेख छ ।

उक्त पेट्रोल पम्पले पेश गरेको बिलमा ’अध्यक्षको फोनबाट’, हाकिम साबको फोनबाट’, ‘लेखा अधिकृतको फोनबाट’ भन्ने उल्लेख छ । यसरी कुपन नै नकाटिएको तथा फोनकै आदेशको भरमा उधारो बिल पेश गरी भुक्तानी गरिएको पाइएको छ ।
कोशी गाउँपालिकामा यसरी हरेक महिना आफूखुसी विना कुपन आदेशको भरमा मनपरी तरिकाले इन्धनमा खर्च गरिएको पाइएको हो । सो पालिकामा २२ वटा मोटरसाइकल, एउटा गाडी, एउटा लोडर, र एउटा एम्बुलेन्स छन् ।

जिन्सी तथा सवारी खरिदमा अनियमितताको आशंका

कोशी गाउँपालिका कार्यालयले आर्थिक वर्ष २०७९-८० मा जिन्सी तथा सवारी साधन खरिदमा आर्थिक अनियमितता भएको देखिएको छ ।

महालेखाकोे प्रतिवेदनले कोशी गाउँपालिका कार्यालयले ५० लाख १२ हजार ५३३ रुपैँयामा खरिद गरेको ३३ थान मोटरसाइकल, ७७ लाख ७५ हजार रुपैँयामा खरिद गरेको एक थान कार, ३७ लाख ७३ हजार ३९० रुपैँयामा खरिद गरेको एक थान पिकअप भ्यान र १ लाख ४२ हजार ७८७ रुपैँयामा खरिद गरेको संचार मोवाइल सेटलगायतका अन्य सामान खरिद गरेको मौज्दात सो पालिकामा नदेखिएकोले सो सामान हिनामिना भएको बिषयमा आवश्यक छानविन गरि टुंगो लगाउनु पर्ने देखिएको भनेको छ ।
योजनालाई टुक्रा बनाएर ८२ लाख खर्च

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले विभिन्न योजनालाई टुक्रा बनाएर कोशी गाउँपालिका कार्यालयबाट आर्थिक वर्ष २०७९-८० मा करिब १ करोड बराबरको निर्माण सामान कानुनलाई बेवास्ता गर्दै खरिद गरेको छ । गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीकै मिलोमतोमा गाउँपालिकाको बजेटमा व्यापक अनियमिता हुँदै आएको बेला अध्यक्ष अन्सारीकै निर्देशनमा सो गाउँपालिका कार्यालयले ८२ लाख ४६ हजारबढी खर्च सडक निर्माण सामान खरिद गरेको हो । सार्वजानिक खरिद ऐन, २०६३ को दफा ८(२) मा खरिद गर्दाप्रतिस्पर्धा सीमित हुने गरी टुक्रा टुक्रा पारी खरिद गर्नु हुँदैन भन्ने स्पष्ट कानुनी व्यवस्था हुँदासमेत कानुनको धज्जी उडाउँदै पालिका अध्यक्ष ऐयुव अन्सारी बिभिन्न योजनालाई टुक्राटुक्रा गरी ८२ लाख ४६ हजारबढीको निर्माणका सामान अनियमित ढंगबाट खरिद गरेकको देखिन्छ । १० वटा योजनाको नाममा टुक्रा गरी निर्माण सामान खरिदमा व्यापक अनियमिता भएको बताइएको छ ।

दररेट नमागी २७ लाखबढीको फर्निचर खरिद

कोशी गाउँपालिका कार्यालयले सार्वजानिक खरिद ऐनलाई धज्जी उडाउँदै पालिकाले दररेट, कोटेसन केही नमागी सोझै लाखबढीको फर्निचर खरिद खरिद गरेको छ । न्यु कृष्णा स्टिल फर्निचर, चौधरी ईम्पेक्स, गोबिन्द फोरिगं, शुभम् इन्टरप्रइजेज, अफिस अटोमेशन लगायतका पसलबाट सोझै २७ लाख ८७ हजार ५४१ बराबरको फर्निचर खरिद गरिएको थियो । कुनै पनि सामग्री खरिद गर्नुभन्दा पहिले खरिद आदेशसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर, प्रक्रिया पूरा नगरी सोझै पसलमा पुगेर फर्निचर खरिद गरिएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist