दुहबी / दुहबीमा जारि चौथो उपमेयर कप नगरस्तरिय भलीवल प्रत्तियोगीता आजदेखी सुरु भएको छ। प्रमुख अतिथि दुहबी नगर उपप्रमुख मेनुका खतीवडाले कोर्टमा बल सर्भिस गरि प्रतियोगिता को आज उद्घाटन गरेकी थिइन्।
गोल्डेन स्टार क्ल्वले भलुवा खेलमैदानमा आयोजना गरेको प्रतियोगिता पशुपति सरदारको संयोजकत्वमा शुरु गरिएको थियो। वडा नम्बर ७ का अध्यक्ष बिजय चौधरी लगायत ब्यापक उपस्थिति सहित आयोजित भलिवल प्रतियोगिता को उद्घाटन खेल दुहबी नगरपालीका र इनरुवा नगरपालीका बिच रहेको थियो भने दोश्रो खेल धरान उपमाहानगरपालिका र रामधुनि नगरपालिका बिच रहेको थियो।
दुहबी नगरपालिकालाइ इनरुवा नगरपालिकाले २५- १८ , २५ – १८ र २५ -१९ को सोझो सेटमा हराउदै ३ को बिरुद्द १ सेट ले क्वाटर फाइनलमा प्रवेश गरेको छ। यसैगरी रामधुनि नगरपालिकाले सहभागीता नजए पछि धरान उपमाहानगरपालिका स्वत क्वाटरफाइनल मा प्रवेश पाएको छ। आजदेखी सुरु भएको खेलको फाइनल प्रतियोगीता चैत्र ७ गते हुने छन ।
खेलको म्यान अफ द म्याच इनरुवाकी प्रीयन्का चौधरी घोषित भइन उनले नगद १ हजार र मेडल प्राप्त गरिन। उपप्रमुख मेनुका खतीवडा र वडा अध्यक्ष बिजय चौधरीले खेलाडी हरुलाइ बधाइ दिएका थिए।





