अकबर अलि
मोरङ / जनताको काम गर्न बाधा आर्चन गरे पछि उपाध्यक्ष र वडाध्यक्ष चढने गाडीको चाबी खोसेको मोरङको ग्रामथान गाउँ पालिका अध्यक्ष नमोनारायण माझीले कोचिला खबर लाई बताएका छन ।
मङ्गलबार गाउँपालिकाको कार्यपालिका बैठकमा अध्यक्ष माझीले विभिन्न ६ प्रस्ताव प्रस्तुत गरेको र त्यसमध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष गुणावतीदेवी चौधरीको आरोपित छिन ।
चौधरी भन्छिन दुइटा प्रस्तावमा हामीले असहमति जनाएपछि अध्यक्षले प्रस्तावमा सहमती नजनाउने भए गाडी खोस्छु भनेर धम्की दिदै चाबी खोसेका हुन्” । उनका अनुसार लोहन्द्रा खोला ठेक्काको विषयमा अध्यक्ष ज्युको नाटक हो खोलामा माछा पोखरी खनेर गिट्टी बालुवा बेच्ने हुदा हामीले भनिम खोलामा गिट्टी बालुवा बेच्ने हो भने किन माछा पोखरी बनाउने ।
बहुपोषण कार्यक्रमको पहिलानै बनिसकेको समिति लाई अध्यक्ष ज्युले आफू खुशी विघटन गरेर अर्को समिति गठन गरेको हुनाले बल मिचाई गरेको बताईन
बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा एमालेर काङ्ग्रेसका जनप्रतिनिधिले असहमति जनाएका थिए ।
अध्यक्ष माझी मङ्सिरको उपनिर्वाचनबाट माओवादी केन्द्रबाट उमेदवार बनेर जितेका थिए । माझीले वडा नम्बर २ का वडाध्यक्षले चढ्दै आएको बाइकको चाबी पनि खोसेका छन् ।
ग्रामथानमा कांग्रेस र एमाले निर्वाचित जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गर्दै आएका छन् । गाउँ कार्यपालिकामा कांग्रेस–एमालेको बहुमत छ ।
बक्राहासहितका खोलाबाट अवैध उत्खनन् गराउन अध्यक्षको मिलेमतो रहेको उनीहरुको आरोप छ।उपाध्यक्ष चौधरीले भने अध्यक्षको मनोमानी बढेको बताएकी छन् ।
अध्यक्ष माझीले यस अघि अबैध उत्खनन् रोक्न भन्ने प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेका थिए भने केही दिन अघि मात्रै आफूखुसी कार्यपालिका बैठक गरेर निर्णय गरेको भन्दै । उपाध्यक्ष चौधरी अदालत गएपछि उनको निर्णय कार्यान्वयन नगर्न आदेश भएको थियो ।
अध्यक्ष माझी संग यसबारे बुझ्दा जनताको काम नगर्ने जनता लाई प्रत्येक्ष लाभ हुने गरी बिकास निर्माणकार्य तथा मानविय बिकास गर्नको लाई विभिन्न योजनाको बजेट पास गर्न बैठकमा नआउने आउदा पनि बहिस्कार गर्ने जनताको काम गर्न नदिने नियतले काम अडकाउन अदाल जाने अनि जनताले खुन र पसिना बाट तिरेको करमा सेवा सुविधा लिने अधिकार कसैको छैन तेसकारण आफू बाध्य भएर गाडीहरूको चाबी पत्र लेखेर बुझाउन लगाएको बताए
जनताको काम गर्न गाउँपालिकाको आन्तरिक आम्दानीको स्रोत बढाउन लोहान्द्रा खोला १ करोड ३५ लाख ठेक्का रोकिदा बहुपोषण कार्यक्रमको २ करोड ७५ लाख बजेट फिर्ता जान लाग्दा जनतामा कसले जवाफ दिने । काम गर्न नदिए पछि यस्ता धेरै बिशेष अनुदानको योजनाहरु फिर्ता जाने संकेत देखिँएको अध्यक्ष माझीले बताए






