• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

नेपाल मुस्लिम संघ दुहबी नगरको प्रथमअधिवेशन सम्पन्न

संगठनमा काम गरेर आफ्नो भुमिका खोज्ने हो : मेयर गच्छ्दार

काेचिला खबर by काेचिला खबर
03/01/2025
in FEATURE, स्थानीय
61
SHARES
278
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / नेपाली काँग्रेसको भात्री संगठन नेपाल मुस्लिम संघ दुहबी नगर समितिको प्रथम अधिवेशन आज सम्पन्न भएको छ। दुहबी नगर सभापति वेदनारायण गच्छादारको अध्यक्षतामा र प्रदेश संसद तथा मुस्लिम संघ कोशी प्रदेस सभापति हाजि इस्राइल मन्सुरीको प्रमुख आतिथ्यमा दुहबीको साह सेवा समिति भवनमा निसरुल मलिकको नेतुत्वमा ३७ सद्स्य नगर समिति सर्वसम्मतले चयन भएको दुहबी कांग्रेसले जनाएका छन ।

आयोजित अधिवेशनमा मुस्लिम संघ दुहबीको नगर सभापति मा म . निसरुल मलिक उप सभापतिमा रहमत मिया र तैयब मिया , सचिवमा नौसाद रैन र मास्टर सबिर, सह सचिवमा जाबुल मिया र मुस्लिम मिया, कोषाध्यक्षमा गुजरी खातुन सदस्यमा जाकिर मिया हैदर अलि ईज्रायल मिया लगायत ३७ जना सर्वसम्मत चयन भएका छन्।

चयन भएका सबै पदाधिकारीलाइ प्रमुख अतिथि , बिशिष्ट अतिथि लगायतले खादा तथा अबिर लगाएर सम्मान गरेका थिए। प्रमुख अतिथि मन्सुरिले नव निर्वाचित पदाधिकारी हरुलाइ बधाइदिदै मुस्लिम समुदायको रमजान पर्वको शुभकामना दिए। उनले , रमजानको अन्तिम दिन इदको बेला एस इइ परिक्षा तालिका परेको हुदा उक्त समय मुसलमान बिद्यर्थी हरुलाइ परिक्षा मा सरिक हुन समस्या परेको र परिक्षा तालिका सार्न पुनर्बिचार गर्न प्रदेश सरकार , संघिय सरकार लाइ ध्यानाकार्षण पत्र बुझाइसकेको हुदा मुस्लिम संघले तालिका नसच्याए आन्दोलन गर्न बाध्य हुने भन्दै सबै मुस्लिम समुदायलाइ तयार रहन आग्रह समेत गरे।

कार्यक्रमका अध्यक्ष एबम नगर सभापति तथा नगर प्रमुख वेद नारायण गच्छादारले दुहबी नगरपालिकामा थारु पछिको दोश्रो ठुलो जनसंख्या रहेको मुसलमान समुदायहरु शिक्षा क्षेत्रमा निकै पछाडी रहेको भन्दै संविधानको मौलिक हक सम्बन्धी ब्यावस्था अनुसारको अधिकार लिन र अन्य समुदाय जस्तै देशको हरेक संबैधानिक अंगमा आफ्नो सहभागिता कायम गर्न शिक्षा नै महत्वपुर्ण पाटो भएकोले शैकिक क्षेत्रमा सन्ततिलाइ अगाडि बढाउन आग्रह गरेका छन्

आफु स्थानिय सरकार प्रमुख भएकोले पनि पालिका भित्र बसोबासगर्ने जुनसुकै समुदाय भएपनि बिभेद नगरी लघु उद्यम, शैक्षिक सुधार, स्वास्थ्य, खेलकुद , लगायतको क्षेत्रमा सबै समुदायलाइ अगाडि बढाएको जिकिर गर्दै पछिल्लो समय दुहबीका मुस्लिम समुदायका युवा युवतीहरु लघु उद्यम र प्राबिधिक शिक्षा तर्फ उल्लेखनिय सहभागि हुन थालेको प्रति आफु हर्षीत भएको उनले जनाए । उनले भने, ” मुस्लिम संघ जातिय संगठन हैन, यो काङ्रेसलाइ मजबुद गर्ने र अधिकार प्राप्तिको अगुवाइ गर्ने संघ भएकोले सक्षम , बिद्वान युवा युवती हरु अब अगाडि बढ्नु पर्छ। ”

कसैलाइ गालिगरेर होइन, संगठनमा काम गरेर आफ्नो भुमिका खोज्ने हो, म मेयर हुन्छु भनेर हल्ला फिजाउने तर पार्टीमा शुन्य काम गर्ने हरुको अब समय नभएको भन्दै उनले हालका युवायुवती हरु नेता भन्दा राजनिति बुझ्न सक्ने भएको हुदा समय अनुसार आफु परिवर्तन नभए जनताले नेता नमान्ने स्थिति आउन सक्ने उनको दाबी थियो।

क्षेत्रीय सभापति मेहेदी हुसैनले नेपाली कांग्रेस दुहबीमा मुस्लिम संघको ठुलो भुमिका रहने र वडा स्तर सम्म गठन गर्न आग्रह गरे। क्षेत्रीय कोषाध्यक्ष मुस्तकिम मियाले सुनसरी क्षेत्र नम्बर ३ को लागी आसा र भरोशाको रुपमा उदयमान नेताका रुपमा र भाबी सम्भावनाका नेताका रुपमा वेद गच्छादारलाइ हरेक जनले स्थापित गरीसकेको हुदा मुस्लिम संघ दुहबीले यस्लाइ साथ सहयोग दिने बिस्वास लिएको बताए।

नेपाली काङ्ग्रेसकि उपसभापति तथा दुहबी नगर उप प्रमुख मेनुका खतीवडाले नवनिर्वाचित सम्पुर्ण पदाधिकारी लाइ बधाइ दिएकी थिइन्।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist