दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ स्थित रहेको बिएस मोडेल बोर्डिङ स्कुलको वार्षिक उत्सव तथा आगमन कलेजको स्वागत कार्यक्रम भव्यताका साथ मनाएको छ ।
बिएस मोडेल बोर्डिङ स्कुल तथा आगमन कलेजका संचालक मनिष कुमार रौनियारको अध्यक्षता संचालन भएको कार्यक्रममा प्रमुख अतिथि रहेका दुहबी नगरपालिकाकि उप प्रमुख मेनुका पोख्रेल खतिवडाले शुभकामना मन्तव्य दिदैं विद्यार्थीहरुनै देशको कर्णधार भएकोले प्राविधिक शिक्षामा ध्यान दिन बताईन । पोख्रेलले भौतिक बिकास मात्र नभएर मानविय विकास पनि अती आवश्यक भएको बताईन उनिले आफू दुहबी नगर नयायिक समितिको संयोजक समेत भएकोले कुनै पनि स्कुल कलेजका विद्यार्थीहरु स्कुल तथा शिक्षक , अभिभावक बाट अन्यायमा परे सिधै दुहबी नगरपालिकाको न्यायक शाखामा आफू संग भेटन आग्रह गरे भेटने सम्भव नभए हट लाईनमा निर्धक भएर आफ्नो कुरा राख्न बताईन ।
बिएस मोडेल बोर्डिङ स्कुलका उत्कृष्ट विद्यार्थीहरुलाइ ट्रफी प्रमाणपत्र सहित पदक प्रदान गर्दै पोख्रेलले बिएस मोडेल तथा आगमन कलेजले समाजमा गरेको योगदानको विषयमा चर्चा गर्दै विद्यार्थीहरुलाइ हौसला दिएका थिए।
वार्षिक उत्सव कार्यक्रममा बिएस मोडेल बोर्डिङ स्कुल तथा आगमन कलेजका संचालक मनिष रौनियारले अब्बल विद्यार्थी उत्पादन गर्दै आएको यस बोर्डिङ तथा कलेजले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा प्रतिस्पर्धा गर्न शैक्षिक कार्यक्रम लगायत खेलकुद लगायतको अभियानमा हातेमालो गरेर अगाडि बढ्न अभिभावक, विद्यार्थी, शिक्षकहरुलाई अनुरोध गरेका गरेका थिए । उनले बिएस मोडेल बोर्डिङ स्कुलका वार्षिक कार्य प्रगती एवं भावी कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।
वार्षिक उत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थित अभिभावक, विद्यार्थीहरुले यस्ता कार्यक्रमले अभिभावक, विद्यार्थीमा परिवर्तन आउनेमा बिस्वस्त रहेको बताए ।
बोर्डिङ स्कुल संचालक रौनियारले वार्षिक उत्सव कार्यक्रम संचालन गर्ने क्रममा बिएस मोडेलको इतिहास स्मरण गर्दै कडा मेहनत र परिश्रम बाट आज यहा सम्म पुग्न सकेको भन्दै निकै भाबुक भएका थिए । बार्षिक उत्सव तथा स्वागत समारोह कार्यक्रममा स्थानिय विद्यालयका प्रधान अध्यापकहरु,विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक,संघ संस्थाका प्रतीनिधिहरु सुरक्षा निकाय प्रमुखहरु ,पत्रकार , अभिभावक,विधार्थी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।





