दुहबी / सुनसरीको दुहबी मा जारी ७ औँ मेयर कप फुट्बल प्रतियोगितामा आज भएको खेलमा दुहबी १० ले दुहबी ४ लाइ ३ -० गोल अन्तरले पराजित गर्दै सेमेफाइनलमा प्रवेस गरेको छ्। दुहबी १० का जर्सि नम्बर १२ का प्रल्हाद माझीले मध्यान्तर अगाडि १ – गोल गरी आफ्नो टिमलाइ १ -० गोलले अग्रता दिलाएका थिए । मध्यान्तर पछि पुन प्रल्हा माझिले थप १ गोल गरेका थिए भने दुहबी १० कै जर्सीनम्बर ३ का प्रदिप डोमले १ गोल गरी ३ – १ को अग्रता दिलाएका थिए। खेलको निर्धारीत समय सम्म दुबै पक्षबाट थप गोल नभए पछि दुहबी १०सेमिफाइनल प्रवेश गर्न सफल भएको हो ।
खेल को म्यान अफ द म्याच दुहबी १० का जर्सि नम्बर १२ का प्रल्हाद माझी घोसित भएका छन । म्यान अफ द म्याचको पुरस्कार प्रमुख अतिथि द्वय वडा अध्यक्ष मुस्तकिम रैन र अध्यक्ष तुलाराम माझीले बितरण गरेका थिए। भोलिको खेल दुहबी ५ र ११ बिच रहने छ्।





