दुहबी / दुहबी नगरपालिका स्वास्थ्य शाखाको सहजिकरण स्टोप टिबि पार्टनरसिप परियोजनाको आर्थिक सहयोगमा बिएनएमटी परियोजनाले सन्चालन गरेको टिबि रोगलागेका दुहबी नगरपालिका को बिरामिहरु सग को अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ्।
‘ छुटेका सबै क्षेयरोगका बिरामिहरुलाइ खोजौ, उपचारगरी निको पारुँ’ भन्ने नाराका साथ सन्चालित कार्यक्रममा समुदायलाइ क्षेयरोगमा देखिएको चुनुतिहरुको खोजिगर्न र क्षेयरोग सम्बन्धीका भेदभाव हरुलाइ रुपान्तरण गर्न शसक्त बनाउने, अन्तर सम्बन्धीत दृस्टिकोण बारे जानरि दिन अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको बिएनएमटी जिल्ला कार्यक्रम संयोजक राम प्रसाद कोइरालाले जनाएका छन ।
आर्थिक बर्ष २०८१/८२ मा दुहबी नगरपालिका को बिभिन्न वडाका ११ जना क्षेयरोग प्रताडित छन भने २० दिनको सुत्केरी महिला देखि २ बर्षको बालकमा अधिकतम देखिएको छ। हाल रोगिहरुले निरन्तर औषधी सेवन गर्दै आएको स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर प्रसाद महतोले जनाएका छन्। औषधी पुर्ण रुपमा निशुल्क प्रदान गरिदै आएको छ। सन १९६७ मा बृटेन नेपाल मेडिकल ट्रस्टका रुपमा नेपालका तराइ भागमा टिभि क्लिनिकका रुपमा प्रोग्राम सन्चालन गर्दै आएको थियो। ५५ बर्ष अगाडि टिभि क्लवका रुपमा बिराटनगरमा स्थापना भएको क्षेयरोग नियन्त्रण कार्यक्रम हाल नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सन्चालन गर्दै आएको छ। फोक्सोमा हुने क्षेयरोग र फोक्सो बाहिर देखिने गरि २ प्रकारका टिबि रोग हाल सम्म छन्।
टिबि रोगलागेका बिरामि हरुलाइ समाजिक अचेतनाका कारण बिभिन्न स्थान अनुसार भेदभाव गर्ने हुदा रोगिलाइ माया र उपचार चाहिने हुदा भेदभाव नगरिदिन संयोजक राम प्र कोइराला ले अनुरोध गरेका छन । क्षेयरोग माइको ब्याक्टेरिया ट्युबरक्लोसिस नामको सुक्षम किटाणुबाट हुने सरुवा रोग भएकोहुदा यसका सामान्य लक्ष्यणहरु निरन्तर खोकि २ हप्ता सम्म लाग्ने, खकार मा रगत देखापर्ने, सांझ हल्का जोरो आउने, खान मन नलाग्ने , कमजोर हुदै जाने, छाति दुख्ने हुन्छ।





