अकबर अलि
दुहबी / अत्याधिक जाडो बढेसँगै सुनसरीको दुहबी नगर पालिकाले पालिका भित्र रहेका सरकारी तथा नीजि विद्यालयहरु दुई दिनको लागि विदा दिने बिहीबारको निर्णय अटेरी गर्दै निजि विद्यालयहरु संचालन गरे पछि अभिभावक तथा स्थानीयहरुले सामाजिक संजाल मार्फत चौतर्फि आलोचना गरेका छन ।
यता सोही बिषयमा दुहबी नगर प्यापसनका अध्यक्ष शुसिल शाक्य संग बुझ्दा दुहबी नगर पालिका बाट अचानक बिदा दिने सूचना सार्वजनिक भए पछि बिदा बारे आफुहरु छ्लफल गर्न नपाएकोले र साथै एसईई अगाडीको टेस्ट परिक्षा चल्दै गरेकोले दुहबी नगरपालिका निर्णय लाई कुनै खालको अटेर नगरेको भन्दै भोलि बिदा दिने निर्णय बताए ।
बिहानैदेखि हुस्सु र चिसो हावा चलेर बालबालिकाहरुको जनजिवन प्रभावित भएको भन्दै दुहबी नगर पालिकाले दुई दिन विद्यालय विदा दिने निर्णय गरेको हो ।
माघ महिना लागेदेखि नै बिहानैदेखि हुस्सु लाग्ने तर घाम नलाग्ने समस्या भएको कारण विद्यार्थीहरु समस्यामा परेको भन्दै दुई दिन विद्यालय विदा दिएको दुहबी नगरपालिकाले जनाएको छ ।
जाडोको कारण बालबालिकाहरुलाई समस्या परेको भन्दै विद्यालय माघ १० र ११ गते विद्यार्थीहरुलाई विदा दिएको नगरपालिकाले सार्वजनिक सूचना मार्फत जानकारी दिएका छन ।






