दुहबी/ सुनसरीको दुहबीमा पाँचौ मेयरकप फुटबल प्रतियोगिता हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ।
स्थानीय खेलाडीहरु उत्पादन गरेर रास्ट्रिय स्तरमा प्रबर्द्धन गर्ने उदेश्यले खेलाडीहरुलाई ब्यबसायिकता उन्मुख बनाउन मेयरकप फुटबल प्रतियोगिताको आयोजना गरिएको मेयरकप आयोजना गरेको दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले जनाए। मेयर गच्छदारले दुहबीमा अन्तर्राष्ट्रिय गोल्डकप लगायतको खेल संचालन गर्न २२ करोडको लागतमा दुहबी रंगशालाको निर्माणकार्य भइरहेको जानकारी दिदैं दुहबीमा खेलकुद प्रबर्द्धन गर्न कुनै कसर बांकी न राख्ने जनाए ।
फागुन १ गते देखि फागुन १२ गते सम्म हुने मेयरकप फुटबल दुहबीको १२ वटा वडा बिच प्रतिस्पर्धा हुने प्रतियोगिताको संयोजन गर्ने एलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राईले बताए । प्रथम हुने टिमले १ लाख २५ हजार नगद तथा शिल्ड तथा दोस्रो हुनेले ७५ हजार नगद तथा शिल्ड प्राप्त गर्ने जनाइएको छ।
दैनिक खेलमा उत्कृष्ट खेलाडीलाई २ हजार नगद तथा मेडल प्रदान गरिनेछ भने प्रतियोगिताभर विभिन्न विद्या तर्फका खेलाडीहरुलाई समेत पुरस्कृत गरिने जनाइएको छ। दुहबी ५ स्थित श्रीसरस्वती माविको खेल मैदानमा हुँने मेयरकप फुटबल प्रतियोगितामा ११ लाख खर्च हुने जनाइएको छ।
पत्रकार सम्मेलनमा दुहबी नगरपालिकाकी उपमेयर मेनुका खतिवडा, दुहबी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, दुहबी शिक्षा खेलकुद शाखाका उपसचिव निलमणि खनाल,दुहबी नगरपालिकाका वडाअध्यक्षहरु, क्लबका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो। मिडिया पार्ट्नरको रूपमा कोचीला खबर,प्रदेश दर्पण,न्युज पार्क अनलाइन , उदघोष दैनिक,दुहबी टाइम्स, कोचिला एफएम र प्रतिक्षण दैनिक रहेको छ ।






