दुहबी / सुनसरीको दुहबी स्थित भलुवा खेल मैदानमा जारी एघारौं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको आज बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा चात्यासा फुटबल क्लब झापाले मेमोरी युवा क्लब दुहबीलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ । झापाका खेलाडी राजेश दाहालले खेलको २० औं मिनेटमा १ गोल गर्दै आफ्नो टिमलाई १-० ले अग्रता दिलाएका थिए । मध्यान्तर पछिको १० औं मिनेटमा मेमोरी युवा क्लब दुहबीका खेलाडी पुजन लामाले १ गोल गर्दै बराबरीमा पुगाए । निर्धारित ७० मिनेटको अत्यन्तै रोमाञ्चक, प्रतिस्पर्धात्मक र आक्रमक भएको खेलको २८ औं मिनेटमा चात्यासा फुटबल क्लब झापाका खेलाडी डेनिलल तायाले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए ।
खेलको उत्कृष्ट खेलाडी चात्यासा फुटबल क्लब झापाका खेलाडी डेनिलल ताया घोषित भए । उनले नगद ५ हजार सहित मेडल प्राप्त गरे । भोलि शुक्रबारको दोस्रो सेमिफाइनल खेल जस्ट जोन एफ.सि. नाइजेरिया र आयोजक गोल्डेन स्टार युथ क्लब भलुवाकाबिच हुनेछ
शनिबार हुने फाइनल खेलमा बिजेता टिमले उपाधी सहित ४ लाख नगद सहित ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता टिमले २ लाख नगद सहित ट्रफी प्राप्त गर्नेछ ।





