दुहबी / सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा संचालन हुने एघारौं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । फागुन ३ गते बाट संचालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको भलुवा गोल्डकप टुर्नामेन्ट समितिका अध्यक्ष दिपक चौधरीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहित ८ वटा क्लबले प्रतिस्पर्धा गर्ने जनाइएको छ । फागुन ९ गतेसम्म संचालन हुने फुटबल प्रतियोगितामा सहलेश युथ क्लब सिराहा, मेमोरी युवा क्लब सुनसरी, चात्या सा फुटबल क्लब झापा, रारा फुटबल क्लब धनकुटा, आर.आइ.एफ.सि. काठमाडौं, आयोजक क्लब गोल्डेन स्टार युथ क्लब भलुवा, एम.एफ.सि. सुनसरी र जस्ट जोन एफ.सि. नाइजेरिया बिच प्रतिस्पर्धा हुने जनाइएको छ ।
बिजेता टिमले उपाधी सहित नगद ४ लाख सिल्ड मेडल प्राप्त गर्ने छ भने उपबिजेता टिमले नगद २ लाख सहित सिल्ड मेडल प्राप्त गर्ने छ । दैनिक उत्कृष्ट खेलाडीकासाथै विभिन्न विधा तर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा ३९ लाख खर्च हुने आयोजकले जनाएकोछ । पत्रकार सम्मेलनमा बोल्दै दुहबी वडा नम्बर ७ का वडाअध्यक्ष बिजय कुमार चौधरीले आउदो २०८३ सालमा गोल्डेन स्टार युथ क्लब भलुवाको गोल्डेन जुब्ली भब्यताकासाथ मनाउने जनाउदै भलुवा गोल्डकपलाई सक्दो सहयोग गर्नुकासाथै विभिन्न संघ संस्था र ब्यक्तित्वहरुले गरेको योगदानको विषयमा चर्चा गरेका थिए ।




