• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

स्थानिय तहको २४ अर्ब ५९ करोड बजेट कटौतीले पालीकाहरु लाइ आर्थिक खडेरी ठुला ठुला योजना अलपत्र

काेचिला खबर by काेचिला खबर
06/05/2024
in FEATURE, मुख्य
56
SHARES
255
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / संघिय सरकारले देशभरका ७५३ वटै पालिकाहरुको बित्तियसमानिकरण को बजेट २४ अर्ब ५९ करोड कटौति गरे पछि पालिका हरुलाइ आर्थिक खडेरी परेको छ। यसैलाइ लिएर आर्थिक वर्षको अन्त्यका बेला देशभरका स्थानीय तह आन्दोलनमा छन्। आन्दोलन गर्नुपरेको संघ सरकारले पठाउने समानीकरण अनुदानको कटौतीले हो। हुन पनि कतिपय काम भइसकेका योजनामा भुक्तानी दिनुपर्ने दायित्व स्थानीय सरकारहरूलाई छ। तर उनीहरूलाई संघले बजेट नै कटौती गरिदिएको छ।

२५ प्रतिशत कटौती गर्दै संघले पालिकाहरूलाई बजेट पठाएको छ। महालेखा नियन्त्रक कार्यालयले २०८१ वैशाख १२ गते देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई ७४ दशमलव ११ प्रतिशतमा नबढ्ने गरी वित्तीय समानीकरण अनुदानतर्फको बजेट हस्तान्तरण गर्न परिपत्र गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा स्थानीय तहलाई ८७ अर्ब ३५ करोड रुपैयाँ बजेट वित्तीय समानीकरण अनुदानतर्फ विनियोजन संघ सरकारले गरेको थियो। तर त्यसैमा कटौती भएको छ। ७ सय ५३ पालिकाको २४ अर्ब ५९ करोड कटौती भएको हो।

राजस्व संकलनको सम्पूर्णजस्तो जिम्मेवारी संघ सरकारसँग छ। देशभरका प्राकृतिक स्रोत र राजस्वबाट संकलित रकम प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न अन्तर–सरकारी वित्त व्यवस्थापन ऐनको व्यवस्था छ। ऐनको २०७४ परिच्छेद–४ मा अनुदानसम्बन्धी व्यवस्था छ। सोहीअनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निश्चित सूत्रमार्फत अनुदानको बाँडफाँटको सिफारिस सरकारलाई गर्छ। सोहीअनुसार नै पालिकाहरूले समानीकरण अनुदान पाउने हुन्। संघले दयामाया गरेर पालिकाहरूलाई समानीकरण अनुदान दिने होइन। अझ संविधानको मर्मअनुसार राजस्व बाँडफाँट गर्ने ऐन बनाइएको छैन र संघलाई धेरै तथा प्रदेश र पालिकाहरूलाई थोरै दिने व्यवस्था मिलाइएको छ।

संघीय सरकारले पाँचथरी शीर्षकमा बजेट पठाउँछ। त्यसमध्येको सबैभन्दा महत्वपुर्ण नै समानीकरण अनुदान हो। जसबाट पालिकाहरूले विभिन्न विकास निर्माणका योजना बनाएर कार्यान्वयन गर्छन्। सुरुमा भनिएअनुसारको बजेटमा आधारित रहेर योजना बनाएका पालिकाहरूलाई अहिले अनुदान कटौतीले अप्ठेरो परेको हो। योजना कार्यान्वयनमा गइसकेको हुँदा भुक्तानी दिन नै मुस्किल पर्ने गरी कटौती हुँदा उनीहरूसँग अर्काे उपाय छैन। संघले राजस्व संकलनमा आएको गिरावटको आधारमा अनुदान कटौती गरेको भनेको छ। हो, पनि राजस्व संकलन अनुमान गरिएअनुसार हुन सकेन। तर अब पालिकाहरूलाई गरिसकेको कामको भुक्तानी दिने व्यवस्था चाहिँ संघले अरू उपायबाट भए पनि गर्नुपर्छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

03/12/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist