सुनसरी / प्रदेश १ काे मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आधिकारिक वेबसाइटमा मुस्लिम समुदायको कुनै परिचय उल्लेख नभएको बिषयमा ब्यापक जनगुनासाे अाएपछि राष्ट्रिय मुस्लिम अायाेगको ध्यानाकर्षण भएको छ।
ध्यानाकर्षण भएपछि राष्ट्रिय मुस्लिम अायाेगका अध्यक्ष समिम अन्सारीले मिति २०७८ असार १ गते मंगलबारका दिन बैठक बसी निर्णय गरेको हाे।
मुस्लिम अायाेगकाे बैठकले गरेको निर्णय प्रदेश १ मा कार्यान्वयन गराउन मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई एक पत्र पठाएको राष्ट्रिय मुस्लिम अायाेगका अध्यक्ष समिम अन्सारीले जानकारी दिनुभएको हाे।
नेपालमा २०६८ सालकाे जनगणना अनुसार १ नम्बर प्रदेशमा कुल जनसंख्या ४५,३४,९४३ मध्ये मुस्लिम समुदायको जनसंख्या १ नम्बर प्रदेशमा १,६२,५८८९ अर्थात (३.३%) रहेको देखिन्छ ।
उक्त तथ्यांक अनुसार १ नम्बर प्रदेशमा बसाेबास गर्ने मुख्य दश जातजाति मध्ये साताैं स्थानमा मुस्लिम समुदायको बसाेबास रहेको मुस्लिम अायाेगकाे पत्रमा उल्लेख रहेको छ।
राष्ट्रिय मुस्लिम अायाेगका अध्यक्ष समिम अन्सारीले प्रदेश १ का मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई पत्र पठाउँदै मुस्लिम समुदायको पनि परिचय वेबसाइटमा समावेश गर्ने पत्र मार्फत माग गरिएको छ।
राष्ट्रिय मुस्लिम अायाेगका अध्यक्ष समिम अन्सारीले १ नम्बर प्रदेश सरकारसँग हामीले मुस्लिम समुदायको पहिचान गराउन पहलमा लागि परेको उहाँले बताउनु भएको हाे।





