दुहबी / राष्ट्रिय झन्डालाई सम्मान र गौरवको प्रतीक मानिँदै आएको छ । तर हालै जेन्जी आन्दोलनमा राष्ट्रिय झन्डा ओढेर जेन्जीको नाममा
देश र जनताको सम्पतिमा आगो लगाउने मान्छे मार्ने काम जघन्य अपराध भएको कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बताएका छन ।सो कुरा सुनसरीको दुहबीमा मुख्यमन्त्री कार्कीले एक कार्यक्रमका बिच बताएका हुन । मुख्यमन्त्री कार्कीले कडा शब्दमा आपत्ति जनाउँदै राष्ट्रको प्रतीकको अपमान गर्दै विद्यन्श मचाई अपराध गर्ने जो–कोहि नछुप्ने बताएका छन ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गत भदौ २३ / २४ को जेन जि आन्दोलनबाट क्षेतीग्रस्त दुहबी नगरपालिका कार्यालय सन्चालनका लागी १८ लाख ७ हजार २५० मुल्य बराबरको लजिस्टिक सामाग्री हस्तान्तरण गरेका छन्।
स्विटजरल्याण्ड सरकार स्विस बिकाश सहयोग ( SDC) को सहयोगमा प्राप्त लजिस्टिक सामान हरु प्रदेश सरकार मार्फत दुहबी नगरपालिका र वडा कार्यलयलाइ आज हस्तान्तरण गरिएको हो। मुख्यमन्त्री कार्कीले SDC मार्फत उपलब्ध ल्यापटप ७ थान, डेस्कटप ७ थान, मल्टिफन्सन पृन्टर ७ थान, टेवल १२ थान , अफिस दराज ९ थान र प्लास्टिक कुर्सि १५ थान दुहबी नगर प्रमुख वेद नारायण गच्छादार लाइ हस्तान्तरण गरेका हुन्।
यि सामान हरु दुहबी वडा नम्बर ३ , वडा नम्बर ४ र वडा नम्बर ५ लाइ समेत प्रति १ थान प्रदान गरिएको छ्। सामान हस्तान्तरण पछि बोल्दै मुख्यमन्त्री कार्कीले जेन जि आन्दोलन का नाममा मुलुकले अकल्पनिय क्षेती बेहुर्नु परेको र यस्ता अपराधकर्म गर्नेलाइ ढिलो चाडो सरकारले कानुनी कठघरमा उभ्याउने बताए। उनले दुहबी रंगशाला निर्माण , दुहबी – इनरुवा सडक खण्डको स्तरौन्नती, लगायतम्मा आफ्नो चासो रहेको भन्दै छिटै काम अगाडि बढाउने प्रतिबद्दता ब्यक्त गरे।
नगर प्रमुख गच्छादारले आन्दोलनका क्रममा दुहबी नगरपालिकामा करिब ६ करोड बराबरका सामाग्री र भवन संरचना ध्वस्त बनेका भएपनी प्रदेश सरकार, SDC , बिभिन्न उद्योगी , संघ सस्थाले सहयोग गरेको हुदा जनताको अति आवश्यक काम लाइ पुरागर्न सहजता हुदै गएको बताए। उनले प्रब्लिक प्राइभेट प्रोपर्टी (PPP) मोडल बाट समग्र दुहबीबासीको आर्थिक अभिबृद्दि र नगरको आयश्रोत बढाउन दुहबीले कदम अगाडी बढाइसकेको र यसमा मन्त्रालयले साथ दिनु पर्ने भन्दै मुख्य मन्त्रीको ध्यानाकार्षण गराए।





