दुहबी / सुनसरीको दुहबी नगरपालीका वडा नम्बर ४ मालहटिमा आगलागी भएको छ ।
आगलागी आज राती करिब ८:१५ बजे लागेको हो ।सो आगलागि स्थानीय सैफुल खातुनको घरमा लागेका थिए ।
सांझको समयमा खातुनले बाख्रा घर भित्र बाधेर आफु छोराछोरी लिन घर बाहिर निस्केको समयमा अचानक आगलागी हुदा घर सहित खाद्यान्न , लत्ताकपडा नगद र बाख्रापाठा सहित जलेर नस्ट हुदा करिब १५ लाख बराबरको क्षेती हुन पुगेको दुहबी ४ का वडा अध्यक्ष मुस्तकिम मियाले जानकारी गराएका छन ।
आगलागी भएको १० मिनेट भित्रमा दुहबी नगरपालीका र इटहरि नगरपालीकाको दमकल साथै शसस्त्र प्रहरी बल दुहबी, जनपथ प्रहरी दुहबी, स्थानिय समुदाय , जनप्रतिनिधी सहित घट्नास्थल प्रबेश गरी आगो नियन्त्रणमा लिन सफल भएको हुदा मानबिय क्षेति र थप अन्य घरको क्षेति हुन बाट जोगिन पुगेका हुन।





