दुहबी / सुनसरीको दुहबी क्षेत्रमा ६ लेन सडकको नाला निर्माणकार्यमा स्टिमेट अनुसारको काम नभएको भन्दै ६ लेन सडक दुहबी क्षेत्रको नाला निर्माणकार्य शुक्रबार देखि स्थानीयहरुले काम अबरुध गरेका थिए ।
आज सोमबार स्थानीयको माग अनुसार स्टिमेट पेपर र कमप्याक्सन गर्ने मेसिन ल्याए पछि काम सुचारु भएको ठेकेदार पक्षका ईन्जिनियर महेस यादवले बताएका छन ।
नाला निर्माणमा ब्रिगसोलिङ ढलानमा तोके बमोजिम काम नभएको
माटो फिलिङ्ग र ढुङ्गा सोलिङ्ग गर्दा बिना कमप्याक्सन(धुरमुस) र ढुङ्गा जोडाइ गरेको निर्माण भएको ठेकेदार पक्षले निर्माणकार्य गुणस्तरहिन गरेको हुन सक्ने भन्दै स्थानीय मुस्तकिम मियाले बताएका थिए ।
स्थानीय मुस्तकिम मियाका भनाई अनुसार यस विषयमा पटकपटक जान्न खोजेपनि निर्माणको जिम्मा पाएका ठेकेदार पक्षका ईन्जिनियर महेस यादव संग बुझ्न् खोज्दा स्टिमेट पेपर आफू संग तत्काल नरहेको भन्दै चाहीएमा अफिसमा गई लिन यादवले उल्टै धम्क्याउने गरेको मियाले आरोप लगाएका थिए ।
उनले नाला निर्माण गर्दा माटो फिलिङ र ढुंगाको सोलिङ्ग हुनुपर्नेमा सोलिङ्ग गर्दा बिना कमप्याक्सन(धुरमुस) र ढुङ्गा जोडाइ गरेकोले
गुणस्तरहिन काम भईरहेकोमा स्टिमेट पेपर खोज्ने आम जनताको अधिकार रहेको बताएका थिए ।
उता सो बिषयमा ठेकेदार पक्षका ईन्जिनियर महेस यादव संग बुझ्दा
नाला निर्माण गर्दा कुनै प्रकारको गुणस्तरहिन काम नभएको भन्दै स्थानीयले मागेका स्टिमेट पेपर तत्काल आफू संग नभएकोले सो पेपर उपल्बध गराउने भन्दा भन्दै पनि काम अवरुध गरेकोमा आपति जनाएका थिए ।
कोशि राजमार्ग ६ लेन सडक दुहबी क्षेत्रको बिल्ट्प क्षेत्र बाहेक निर्माणकार्यको ठेक्का २९ करोड ७० लाख ३२ हजार ३ सय ४७ रुपैयामा मैनाचुली हिमतारा जोईन्ट भेन्चुरी कन्ट्रकसन ईटहरीले निर्माणकार्य गर्न ठेक्का पाएका हुन ।





