दुहबी / सुनसरीको दुहवी २ स्थित रहको दिनेश स्मृति प्रतिष्ठानको सभा हलमा आज ऋद्घि सिद्घि बचत तथा ऋण सहकारी संस्था लि . को १४ आँै साधारण सभा सम्पन्न भएको छ ।
दुहबी ३ स्थित रहि कार्यालय सँचालन गर्दै आईरहको ऋद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्थाले विगत वर्ष देखी नै साना व्यावसायिक कर्जा तथा साना उद्यमीहरुको साना साना बचत सक्लन गरी ऋण प्रवाह गर्दै आफ्ना सेवाहरुलाई विस्तार गर्दै आएको ऋद्धि सिद्धिले एक विश्वासिलो सँस्थाको रुपमा स्थापना भएका छन्
आज सम्मपन्न भएको १४ औं साधारण सभाको प्रमुख अथितिमा जिल्ला सहकारी सघं सुनसरीको उपाध्यक्ष दिनेश श्रेष्ठ रहेका थिए भने विशिष्ट अथितिहरुमा दुहबी ३ का वडा अध्यक्ष माधव भण्डारी दुहबी ४ का वडा सदस्य शंकर बस्नेत र यसै क्रद्घि सिद्घि बचत तथा सहकारी संस्थाका उपाध्यक्ष सरोज कुमार सिहं
लगायत विभिन्न सघं सस्था प्रतिनिधिहरु र सेयर धनीहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा प्रतिवेदन सँस्थाका अध्यक्ष राम कुमार पाठकले प्रस्तुत गरेका थिए ।
र साथै सहकारीको नाममा दुहवी ३ स्थित रहेको १५.५ धुर जग्गामा घर बनाउन यसै आर्थिक वर्षबाट सुरुवाती गरीने अध्यक्ष पाठकले प्रतिवेदन प्रस्तुत मार्फत बताए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता सदस्य शम्भु कलुवार भगत र उत्कृष्ट ऋणी सदस्य सुनिता कुमारी मण्डल लाई सम्मान गरका छन् भने दुहवीमा रहेको सरस्वती मा.वि.मा अध्यनरत जेहेनदार बिधार्थीमा एक जना छात्र र एकजान छात्रालाई बिभिन्न पाठ्य सामाग्री समेत वितरण गरेका थिए ।





