दुहबी / सुनसरीको दुहबीमा स्थानीय माटो कारोबारीहरु र भुमाफियाको मिलोमतोमा खोला र नहर दोहन गरी लाखौंको माटो बेच्दै गरेको स्थानीयले आरोप लगाएका छन्। ऐन नियम विपरीत दुहबी वडा नम्बर ७ , ११, १० मा पर्ने नहरमा जथाभावी माटो उत्खनन गर्दा त्यहाँका खेती योग्य जग्गा र सडक बाटो जोखीममा परेको स्थानीयको गुनासो छ।
आउने दिनमा पानीको धारनै परिर्वतन हुनेगरी नहरको डिलको माटो डोजर लगाइ ठाउँ ठाउँमा गहिरो भंगालो बनाउदा समेत कोइ कसैलाई कुनै कार्वाही न गरेको स्थानियहरुले बताए।
प्रारिम्भक वातावरणीय परिक्षण प्रतिवेदन अनुसार नदीको डिल, नहर छेवछावको सडक बाटो, नम्बरी जग्गालाइ जोखिममा पारेर प्राकृतिक बहावलाई परीवर्तन गर्ने गरी माटो कारोवारीहरुले दैनिकरुपमा सयौं टिपर माटो लैजाने गरेको र सो ठाउँको कच्ची–पक्की बाटोको दुर्दसा गरेकाले मिलेमतो भएको हुँन सक्ने स्थानियहरुको आशंका छ।
माटो कारोवारीहरुले नहरको डिल काट्नुका साथै दुहबी वडा नम्वर ७,११ मा रहेको रामगंज शाखा नहरको डिलको स्वरुप परिवर्तन गरेर सडक र कृषि बाटोमा समेत क्षति पुगाएको स्थानियको गुनासोे छ। दुहबी वडा नम्वर १० मा रहेको रामगंज शाखा नहरमा समेत गहिरो भंगालो बनाएर माटो बेच्दै गरेकोले सडक बाटो जोखिममा परेको स्थानियहरुको गुनासो छ।
दुहबी वडा नम्वर ११ मा रहेको रामगंज शाखा नहरको डिल छेवमै पक्की सडक(कालोपत्रे)को अवधारणा भइसकेकोले नहरको डिल काटेर गहिरो भंगालो बनाउँदा पक्की सडक कम्जोर हुँने स्थानियहरुको भनाइ छ। ऎन अनुसार नहर सफाइ गर्दा सो ठाउँको माटो नहर छेउमा पुरेर ढिस्को बनाएर राख्नुपर्ने ब्यबस्था छ।
यता सो विषयमा सुनसरी मोरङ सिंचाइ योजना रामगंज शाखा नहर उपभोक्ता समितिका अध्यक्ष टेकचन्द बिश्वासले आन्तरिक खर्च जोहो गर्नकालागि नहरको माटो काटेर बेच्ने सहमती दिएको स्विकार गरेका छन ।





