दुहबी/ सुनसरीको दुहवीमा गुणस्तरहिन काम भएको भन्दै स्थानियहरु आन्दोलित भएका छन् । सुनसरीको दुहवी वडा नम्बर ३ जेसिज मार्ग देखि छातावेली सम्म जोड्ने बाटोमा गुणस्तरहिन काम भएको भन्दै स्थानियहरु आन्दोलित भएका हुन् ।
ए वि इन्जिनियरीङ्ग एण्ड कन्ट्रक्सन निर्माण कम्पनीले ठेक्का सम्झौता अनुसार उक्त्त बाटोमा माटो फिलिङ को कार्य , होमपाईप, ग्राभेल र वेस निर्माण कार्य सम्पन्न गरी सकेको हुँदा उक्त्त कार्यमा गुणस्तरहिन कार्य भएको भन्दै आज बुधबार देखि स्थानीयहरु उक्त सडकमा आएर प्रदर्शन गरेका छन् ।
स्थानियका अनुसार ठेकेदारले सम्झौता अनुसारको माटो,गिट्टि न भएकोले ठाउँ-ठाउँमा ग्राभेल वेस भासिन थालेको आरोप लगाएका छन ।

ठेकेदारले गिट्टिमा बढी माटोको मात्रा मिलाएका कारणले ठाउँठाउँमा बाटो भासिन पुगेको स्थानिय लिलम ऋिसिदेवले बताए । तराई मधेस समृद्धि कोष र दुहवी नगरपालिको साझेदारीमा निर्माण भईरहेको जेसीस भवन हुँदै छतावेली सम्म जोड्ने बाटोमा १४ सय ५३ मिटर उच्च स्तरीय ग्राभेलको कार्य सम्पन्न गरीने र सिमित बजेटले गर्दा ४ सय ५९ मिटर मात्र कालो पत्रे गरीने भनि दुहवी नगरपालिका सँग ए वि इन्जिनियरीङ्ग एण्ड कन्ट्रक्सन निर्माण कम्पनीले भ्याट सहित ७१ लाख ४० हजार ३ सय ५३ रुपैयाँमा सम्झौता गरेका
थिए । तर यस आर्थिक वर्षमा सिमित बजेटका कारणले हाल सम्म ग्राभेल र वेस निर्माणको कार्य मात्र सम्पन्न गरीने दुहवी नगरपालिकाका असिसटेन्ट सभ इन्जिनियर धर्तीपती गच्छदारले बताए । भारक क्षमता भन्दा बढीको ठुला-ठुला गाडीहरु गुडेका कारण सो सडकमा निर्माण भएको ग्राभेलको वेस कम्जोर भएर भासिन गएको हुन सक्ने उनले बताए ।





