दुहबी / सुनसरीको दुहवीमा सँचालित वृत्ति परामर्श , उद्यम तथा रोजगार मेलामा १० हजार युवाहरुको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ।
दुहबी नगरपालिकाको आयोजनामा र हेलभेटास नेपाल, स्वीसकन्टाक्ट सँगै आसमान नेपालको प्राविधिक सहयोगमा २ दिने वृत्ति परामर्श , उद्यम तथा रोजगार मेलामा १० हजार भन्दा बढी युवाहरु मेला अवलोकन सँगै रोजगारी परामर्श लिन आएको आयोजकले जानकारी दिए ।
रोजगार मेला पुस ८ र ९ गते भएको दुई दिने मेलाको समापन कार्यक्रममा दुहवी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले रोजगार मेलाको आयोजना जुन उद्देश्यका साथ आयोजना गरीएको थियो त्यो पुरा भएको बताए ।
रोजगार मेलामा १० हजार भन्दा बढी युवाहरु प्रत्येक्ष सहभागी भई रोजगार मेलाको लाभ लिएको बताए । ती मध्ये १ हजार जना भन्दा बढी युवाहरु इक्छुक तालिम प्रदायक संस्थाहरुमा तालिम लिनका लागी नाम दर्ता गराउनुका साथै ३ सय बढिले रोजगारकोलागि आवेदन दिएको गच्छदारले बताए ।
नेपालीहरु प्राविधिक शिक्षामा जोड नदिएका कारणले हाल अहिले नेपालमा करोडौंको सँख्यामा वेराजगारीको सृजना भएको नगर प्रमुख गच्छदारले बताए । हामि नेपाली सरकारी जागीरलाई मात्र जागीर भनठानेको कारणले पनि धेरै युवाहरु वेरोजगारी भएको बताए ।
सबै श्र्रमलाई सम्मान गर्यो भने टेक्नीसियनहरुको अध्ययन गरे वेरोजगारीको सृजना सामाप्त भएर जाने मेयर गच्छदारले बताए । यसै अनुरुप दुहवी नगरपालिकाबाट प्रोफेसनल तालिमका लागी १० महिने कम्प्युटर तालिम अल्युमिनियम फैब्रिकेटर तालिम , प्लोम्बीङ तालिम लागएत जस्ता तालिमहरु दिईरहेको मेयर गच्छदारले बताए ।
तर अन्य जस्तै अल्युमिनियम फैब्रिकेटर तालिममा कोही पनि आज सम्म नाम दर्ता नगराएकोमा मेयर अच्चमित भए जुनकि अहिले अल्युमिनियम फैब्रिकेटर जनशक्ति बजार सबैभन्दा बढी माग भएको जनशक्तीमा रहेको नगरप्रमुखले बताए । अगामी दिनहरु यस रोजगार मेलामा बढी माग भएका तालिमहरुको आयोजना गरीने नगर प्रमुखले बताए ।
दुहवी ५ स्थित रहेको सरस्वती माध्यमिक विध्यालयको खेल मैदानमा वृत्ति परामर्र्श,उद्यम तथा रोजगार मेलामा १४ वटा सिपमुलक सँघसंस्था , घरेलु उत्पादनकर्ता, रोजगार परामर्श केन्द्र, रोजगार सुचना प्रणालीहरुको स्टल सहित ५४ वटा स्टल रहेको थियो । मेलामा सबै भन्दा बढी सहभागिता युवाहरुको थियो भने विद्यार्थी अभिभावकहरुको पनि निकै उपस्थिती रहेको थियो ।





