दुहबी / सुनसरी को दुहबी ५ स्थित सरस्वति मा विको परिसर मा बनेका सर्टर हरु कौडिको भाउमा भाडा लागेको ब्यापक जन गुनासो आउन थालेको छ। इनरुवा दुहबी सडक खन्डको ब्यस्त बजार भित्र पर्ने उक्त सर्टर हरु बिगत लामो समय देखि प्रति सर्टर २७५० का दरले भाडा लागेका छन्। तर हाल चलनचल्ति मा यस्ता ब्यस्त सहर भित्र दुहबीमा १० देखि १५ हजार रुपैया सम्म प्रतिसर्टर भाडामा लाग्ने गरेका छन्।
तत्कालिन बिद्यालय ब्यावस्थापन समिति र बिद्यालयका प्र अ को मिलेमतोमा सस्तो दररेटमा भाडा लगाए पनि भाडा दशौ लाख भन्दा बढि बक्यौता रहेको सोहि बिद्यालयका एक कर्मचारि बताउछन् बिद्यालयले भाडामा लगाउदा सार्वजनिक सुचना जारि गर्नु पर्ने कानुनि ब्यावस्था रहेपनि गुपचुप मै आफ्ना आफन्ता, नातागोता लाइ लगायत आमुक बिचौलिया लाइ सुम्पिने र उक्त सर्टर हरु आफुले सस्तो मा लिएर प्रति सर्टर १० हजार सम्म उठाउने गरेको गुनासो सर्वत्र फैलिएको छ।
सोहि बिद्यालयमा कार्यरत एक कर्मचारिले २ वटा सर्टर लिएको तर सोहि सर्टर माशिक १५ हजार मा दोश्रो ब्यक्तिलाइ दिएको प्रमाण समेत फेला सो भन्दा अगाडी परिसकेको छ। बिद्यालय हाता भित्र ब्यापार गर्ने ठेला ब्यापारि हरु समेत बाट दैनिक रुपमा बिद्यालयका केहि कर्मचारि हरु आफै पैसा उठाउने गरेको स्रोतको दाबी छ , उक्त रकम बिद्यालयको खातामा होइन ब्यक्तिको हातमा जाने गरेको समेत तथ्य फेला परेको स्थानियले बताए।
सार्वजनिक सम्पत्ति भाडामा वा अन्य प्रयोजनका लागि दिदा ब्यावस्थापन समिति, प्र अ लगायत को निर्णय गराइ दर रेट सहित सार्वजनिक सुचना जारि गर्ने वा टेन्डर गर्नु पर्ने भए पनि सो गरिएको भेटिएन। घर भाडामा वा सर्टर भाडामा दिदा नगरपालिका लाइ बाहाल कर बुझाउनु पर्ने हुन्छ, सो समेत धेरैले नबुझाएको , त्या सन्चालित केही ब्यापारीसहरुको समेत ब्यावसायिक दर्ता नगरेको समेत भेटिएको छ।
भाडामा दिदा प्रतिबर्स कति प्रतिशतले भाडा बृद्दि गर्ने भन्ने समेत उल्लेख छैन। श्रोत का अनुसार एकै ब्यक्ति लाइ दशकौ देखि नै निरन्तर सोहि मुल्यमा सर्टर दिइदै आएको छ। बिद्यलयको सम्पति को दुरुपयोग भएको देख्दा देख्दै पनि आज सम्म कसैले चासो देखाएको पाइएन्। केहि महिना अगाडि नया बिद्यालय ब्यावस्थापन समिति बने को छ , जुन जोगि आए पनि कानै चिरेको स्थानिय व्यापारी उज्वल चौधरीले गुनासो गरेका छन ।
यस बिषयमा बिद्यालयका प्र अ तेज प्रसाद तिम्सिना संग बुझ्दा आफु नया प्र अ भएको र बिद्यालयको आन्तरिक खातापाता सबै बुझ बुजारत नभएको ले स्पस्ट थाहा हुन नसकेको र सो बिसयमा समितिको बैठमा कुरा राखने बताएका छन ।
उता सोही बिषयमा यो समाचार तयार पारुन्जेल सम्म बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रम्ह प्रकाश रौनियार संग बुझन खोज्दा फोन सम्पर्क हुन सकेन ।





