दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर –६ मा नेपाली कांग्रेसका र जसमा कार्यकर्ताबीच झडप भएको छ ।
मंगलबार राती करिब ११.३० बजेको समयमा सो वडामा जसपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।
दुहबी ६ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार घनसयाम हलुवाईको घर अगाडी जिस्काउने घोच्याउने तेरो उमेदवार खोई भन्दै गालीगलोज गरे पछि जसपाका कार्यकर्ताहरु लाई सम्झाउन बुझाउन खोज्दा सिवा साह र पन्कज हलुवाई माथी कुटपिट गरी घाइते बनाएको काङ्ग्रेस उमेदवार हलुवाई पक्षको आरोप छ।
उता सोही वडाका जसपाको तर्फबाट वडाअध्यक्षका उम्मेदवार बिरेन्द्र हलुवाई भन्छन आफनो कार्यकर्ता भोट माग्न जादै गर्दा काङ्ग्रेस उमेदवार हलुवाईको घर अगाडी अचानक कुटपिट गरी सुनिल ठाकुर र जिवन हलुवाई लाई घाइते बनाएको आरोप लगाए।
सोही बिषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेब माझी संग बुझ्दा सामान्य झडप तथा वाद बिवाद भएको उजुरी कुनै पक्ष बाट नआएको बताए ।
उता २ दिन अगाडी मात्र दुहबी ९ मा छुरा प्रहारको घटना सेलाउनु नपाउदै अर्को घटना हुनु भनेको दुहबीमा सान्ती सुरक्षा कमजोर भएको भन्दै स्थानीयहरु आक्रोशित छन ।





